कुन प्रदेशमा कति ठाउँमा सुरु भयो मतगणना?

असार १५, २०७४ मा प्रकाशित | 805 views

काठमाडौं,असार १५ ।  दोस्रो चरणको स्थानीय तहको निर्वाचनको बिहीबार धेरै ठाउँमा मतगणना सुरु भएको छ। निर्वाचन आयोगले धेरैजसो मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयसम्म ढुवानी भइसकेको र कतिपय स्थानमा गणना भइसकेको जानकारी दिएको छ। आयोगका अनुसार प्रदेश नम्बर १ का २९ तहको गणना सुरु भएको छ। प्रदेश नम्बर ५ मा १७ स्थानीय तहको गणना सुरु भएको छ।

प्रदेश नम्बर ७ का २६ स्थानीय तहमा मतगणना भइरहेको छ भने तीन ठाउँको मत परिणाम नै सार्वजनिक भएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। त्यस्तै प्रदेश नम्बर ५ का सबै ९०९ वटै मतपेटिका ढुवानी भइसकेको छ। प्रदेश नम्बर १ को ३७ सय ७ मध्ये ३६ सय ४७ मतपेटिका ढुवानी भइसकेको छ। प्रदेश नम्बर ७ को १ हजार ७३ मतपेटिका ढुवानी भएको छ भने ३६ वटा बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web