भक्तपुर ।

सुर्यविनायक नगरपालिका र डिभिजन सडक कार्यालय भक्तपुरले आजदेखि सुर्यविनायक चोकदेखि जगातीको चकुखोलासम्मको डिक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य शुरु गरेको छ ।

वर्षौंदेखिको व्यापारीको अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य शुरु गरिएको हो ।

अरनिको राजमार्गअन्तर्गत सडक ८२ फिट मापदण्ड मिचेर व्यापारीले सडकमा थुपारेको निर्माण सामाग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि जनप्रतिनिधिको अग्रसरतामा त्यस्ता सामाग्री र टहरा हटाउन थालिएको हो ।

15.87¡ÆC