भोजपुरमा काँग्रेस वडा अध्यक्ष उम्मेदवारको घरमा बम भेटियो

असार १३, २०७४ मा प्रकाशित | 814 views

भोजपुर ।

भोजपुर सदरमुकाम देखि पश्चिममा रहेको भोजपुर नगरपालिका वडा नम्बर ४ सिद्धेश्वरमा नेपाली कांग्रेसका वडा अध्यक्ष पदका उम्मेदवार प्रेम भण्डारीको घरमा मंगलबार विहान सुतली बम विस्फोट भएको छ ।

उम्मेदवार भण्डारीको घरमा विहान ७ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार घरमा विष्फोट हुन नसकेको अर्को बम पनि फेला परेको छ ।

विष्फोट नभएको बमलाई भने सुरक्षाकर्मीले निस्कृय पारेको प्रनाउ आचार्यले जानकारी दिएका छन ।

बम विस्फोटबाट घरमा सामान्य क्षति भएपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले बम कसले राख्यो भनेर खुल्न नसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web