गाउँसभा र नगरसभाको सदस्य संख्या निर्धारण गर्न आदेश

असार १२, २०७४ मा प्रकाशित | 970 views

काठमाडौं ।

निर्वाचन आयोगले गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न भएका जिल्लामा ३ दिनभित्र जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी त्यसको जानकारी आयोगमा पठाउन सम्बन्धित जिल्लाका स्थानीय विकास अधिकारीहरुलाई आदेश जारी गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा आइतबार बसेको बैठकले निर्वाचन आयोग ऐन अनुसार ३ दिनभित्र जिल्ला सभाको बैठक बोलाई जिल्ला सभाको पहिलो बैठकबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या निर्धारण गरी आयोगमा जानकारी गराउन आदेश जारी गर्ने र जारी गरिएको आदेश नेपाल राजपत्रमा अतिरिक्तांक गरी प्रकाशन गर्ने निर्णय गरेको हो ।

प्रचलित संघीय कानूनमा जिल्ला सभाको बैठक कसले बोलाउने भन्ने किटानी व्यवस्था नभएकाले जिल्ला सभाको बैठक बसी संख्या निर्धारण नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनसम्बन्धी कारबाही अगाडि बढाउन नसकिने भएकाले आयोगले त्यस्तो आदेश जारी गर्ने निर्णय गरेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

संविधान अनुसार जिल्ला सभाले बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको छ ।

त्यस प्रयोजनका लागि जिल्ला सभाको बैठक बसी सदस्य संख्या निर्धारण गर्नुपर्ने तथा गाउँसभा र नगरसभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्ला सभाको बैठक बस्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web