काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले भयरहित वातावरणमा आफूले चाहेको प्रतिनिधिलाई मत दिन पाउने अवस्था हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राज्यले शान्तिपूर्ण, स्वच्छ र कानुनसम्मत रुपमा निर्वाचन गराउनुपर्ने बताउनुभयो ।

लोकतन्त्रको जग भनेकै निर्वाचन भएकाले यसलाई सम्पन्न गराउने क्रममा आयोगलाई एमालेका तर्फबाट कुनै अवाञ्छित दबाब नदिई पूर्ण रुपमा सहयोग गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

उहाँले तेश्रो चरणको निर्वाचनअघि राष्ट्रियतामा आँच आउने संविधान संशोधनको प्रयास गरिए मान्य नहुने पनि उल्लेख गर्नुभयो ।

29.12¡ÆC