काठमाडौं ।

पछिल्लो समय पप गितको खडेरी लागि रहेको नेपाली सांगीतिक बजारलाई तताउनेगरि गायक संजिब पुडासैनीले एल्बम फरेबर बजारमा ल्याएका छन् ।

एक दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय संजिवको एल्बम फरेबरको नयाँ पप गित मायाँको गाउँमा पिरतीको फुल भिडियो सहित युट्युवमा सार्वजनिक भएको छ ।

२०६२ सालमा पहिलो एल्बम संग्रह सँगै नेपाली सांगितिक क्षेत्रमा उदाएका संजिबले यसअघि कदम र म्युजिक क्याफे एल्बम ल्याइसकेका छन् ।

हाल युट्युवमा सार्वजनिक फरेबर एल्बमको पप गितमा गायक संजिव हाल चर्चामा रहेकी मोडल एलिसा राईसँगै देखिएका छन् । यद्यपी एलिसासँगको अभिनयमा भने देव राईको भूमिका रहेको छ ।

गितमा नवतेज बस्नेतको लिरिक्स र संजिब पुडासैनिको स्वर रहेको छ । युवा पुस्ता लक्षित 'मायाँको गावैमा पिरतीको फुल, बोकेर आउँदैछु म तिमि तिर…' डान्स लभ संग रहेको पुडासैनिले बताए ।

आफ्नो प्रियसी भन्दा टाढा रहेका प्रेमीको भावना समेटेको गितले आम युवापुस्ताको भावना समेट्ने भन्दै गायक संजिब पुडासैनिले यसअघिका तीन एल्बममा जस्तै एल्बम फरेबर र युट्युवमा सार्वजनिक गितलाई नेपाली संगित मनपराउनेसबैले साथ दिने विश्वास व्यक्त गरेका छन् ।

25.1¡ÆC