सुनसरी ।

उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरमले सुनसरीको इनरुवा नगरपालिका मेयर पदका उम्मेदवार शिव नारायण मेहतालाई पार्टीले कारवाही गरेको छ ।

संघिय समाजवादी फोरम नेपाल जिल्ला समिति सुनसरीले मेहताको सधारण सदस्यता समेत नरहने गरी कारवाही गरेको जनाएको छ ।

संघिय समाजवादी फोरम सुनसरी अध्यक्ष महेन्द्र यादव द्वारा जारी विज्ञप्तीमा फोरम लोकतान्त्रिक का उम्मेदवार लाई सघाउने मेहताको निर्णय समग्र पार्टीको हित विपरीत रहेको उल्लेख छ ।

विज्ञप्तीमा मेहताले आफूले लोकतान्त्रिकलाई समर्ठन गर्ने भनी जारी गरेको विज्ञप्ती प्रति संघिय समाजवादीका जिल्ला अध्यक्ष महेन्द्र यादव द्वारा हस्ताक्षररित विज्ञप्तीमा मेहता व्यक्तिगत स्वार्थ र आर्थिक प्रभोलनमा लागेको उल्लेख छ ।

मेहताको निर्णय व्यक्तिगत रहेको र पार्टीले कारवाही समेत गरेकाले मतदातालाई त्यसको पछी नलाग्न आग्रह समेत गरका छन् ।

22.2¡ÆC