बैतडी ।

यहि असार १४ गते सम्पन्न हुन गईरहेको स्थानिय तहको निर्वाचनको लागी बैतडी जिल्लाका १७४ वटा मतदान केन्द्र वाट मतदाता परिचय पत्र वितरण भईरहेको छ ।

२०७३ चैत्र मसान्तमा १८ वर्ष पुरा भएका,मतदाता नामावलीमा नाम दर्ता गराएका व्यक्ति लाई परिचय पत्र वितरण गरिन लागेको हो ।

१७४ वटै मतदान केन्द्रका लागी १०३६ जना कर्मचारी,५२२ जना स्वयँसेवक तथा ३००० भन्दा वढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन लाई स्वच्छ र धादली रहित तरिकाले सम्पन्न गर्न नेपाल र भारतका सिमा नाकाहरु आज विहान ६ः०० बजे देखि १५ गते बिहान ६ः०० बजे सम्म ७२ घण्टाका लागी बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी राम पौडेल ले बताउनु भएको छ ।जसका कारण बैतडीको झुलाघाट नाका तथा दार्चुलाको जोलजिवी र खलगां नाका वन्द गरिएका छन् ।

तर अत्यावश्यकीय सेवाका लागी भने नेपाल र भारतका अधिकारी संग आपशि समन्वय गरि आवत जावत गर्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडी ले जनाएको छ ।

21.09¡ÆC