
गुल्मी ।
पत्रकार महासंघ जिल्लाको सह सचिव र एक पत्रिकाका सम्मादक नै रहेका दुई पत्रकार माओवादी कोटाबाट स्थानिय चुनाव लडेका छन् ।
स्वतन्त्र पत्रकारिताको वकालत गर्ने पत्रकार नै दलिय झण्डा बोक्दै चुनावमा होमिएपछि जिल्लामा यसको चर्चा चुलिएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपािलका वडा नम्वर–१, साविकको दिव्रुङ्ग गाविसमा वडा अध्यक्षमा माओवादी केन्द्रका तर्फबाट पत्रकार घनाश्याम खरेल र रेसुङ्गा नगरपालिका वडा नम्वर– ६ साविकको अर्खलेमा वडाध्यक्षमा गोपाल मरासिनी प्रतिष्पर्धामा उत्रिएका हुन् ।
खरेल नेपाल पत्रकार महासंघ गुल्मीको सह–सचिव हुन् मरासिनी सुराकपत्र साप्ताहिकका सम्पादक हुन् । उनि माओवादी निकटका रुपमा चिनिंदै आएका थिए ।