
विराटनगर ।
असार–१४ गते हुन लागेको स्थानियतहको निर्वाचनलाई लक्षित गर्दै मोरङ जिल्ला स्थित नेपाल भारतको सिमाना वन्दगर्ने सहमती भएको छ ।
निर्वाचन सुरक्षालाई मध्यनजरगर्दै भोली सोमवार विहान ६ वजेदेखी असार– १५ गते विहान ६ वजेसम्म वोर्डर सिलगर्ने विषयमा नेपाल भारतका सुरक्षा अधिकारी विच सहमती भएको मोरङका प्रमुुख जिल्ला अधिकार यज्ञराज कोइरालाले वताउनुभयो ।
भारतको सुपौलमा नेपाल भारत दुवैदेशका सुरक्षाकर्मी विच यस्तो सहमती भएको हो । मोरङ जिल्लाको ६३ किलोमिटर सिमाक्षेत्र भारतसंग जोडिएको छ ।
नेपाल र भारतमा हुने निर्वाचनमा दुवैदेशले वोर्डर सिल गर्ने गरेका छन । सुरक्षाको दिष्टिकोण अनसार आपराधिक घटना हुन सकने संभावनालाई मध्यनजर गर्दे आवत जावतमा रोक लगाइएको हो ।