प्रधानमन्त्री देउवा गृह जिल्ला डडेल्धुराको सदरमुकाममा, आज ३ चुनाबी सभालाई सम्बोधन गर्ने

असार ११, २०७४ मा प्रकाशित | 1075 views

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवा आफ्नो गृह जिल्ला डडेल्धुराको सदरमुकाम आईपुग्नु भएको छ ।

प्रदेश नम्बर सातको भ्रमण आउनु भएका देउवा आज बिहान मात्र गृह जिल्ला पुग्नु भएको हो ।  प्रधानमन्त्री देउवा कैलाली र कञ्चनपुरका चुनावी सभालाई सम्बोधन गरि आज गृह जिल्लामा आयोजना हुने तिन चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

प्रधानमन्त्री देउवाले आज बिहान १० बजे जिल्लाको नबर्दुगा गाउँपालिकाको परिसरमा आयोज हुने कार्यक्रमलाई सम्बोधन गर्ने र आजै नै दिउँसो २ बजे अमरगढी नगरपालिकाको बागबजारमा चुनावी सभालाई सम्बोधन गने, ४ बजे भागेश्वर गाउँपालीका र अजयमेरु गाउँपालीको चुनाबी सभालाई बगरकोटमा सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराका उपसभापति तथा प्रचार प्रसार समिति संयोजक करुणकर भट्टले जानकारी दिए । देउवा आज राति सदरमुकाम बागबजारमा  बास बस्ने छन् ।

सोही दिन देउवाले १२ बजे अमरगढी नगरपालिकाको आयोजनामा बस पार्क हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस डडेल्धुराले जनाएको छ ।

देउवा मतदात गरेर मात्रै राजधान जाने

प्रधानमन्त्री देउवा स्थनीय तहको निर्वाचनमा मतदान गरेर मात्रै राजधानी काठमाण्डौँ जाने भएका छन्् । निर्वाचनमा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ असिग्राम मावि केन्द्रमा प्रधानमन्त्री देउवाले मतदान गरेर मात्रै काठमाण्डौँ जने भएका हुन ।   साविकको असिग्राम गाविस वडा नम्बर ६ रुवाखोलाका स्थायी बासिन्दा देउवा सपरिवार मतदानकै लागि डडेल्धुरा आउनु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web