
काठमाडौं ।
हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ। जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन्। उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन्। डिल्लीबजार जेलमा खाग तस्करीको आरोपमा जेल परेका यामकुमार पुन चौकीदार छन्। उनै पुनको निर्देशनअनुसार पूर्वआइजिपीहरू जेलमा चल्नुपर्ने हुन्छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
बिहीबार पुनले जेलको नियमबारे पूर्वआइजिपीहरूलाई जानकारी गराएका थिए। जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन्। जेलमा आफूहरूले सबैलाई समान व्यवहार गर्ने जेलर कार्की बताउँछन्।