कर फर्स्योटमा २१ अर्ब घोटाला आशंका, एनसेल देखी होटल र मदिरा कम्पनी तानिए

असार ११, २०७४ मा प्रकाशित | 699 views

काठमाडौं ।

कर फर्स्योटमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मालाई चौथोपटक म्याद थप गरी तीन सातादेखि हिरासतमा राखेर छानबिन गरिरहेको छ। हाल फरार रहेका कर फस्र्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालमाथि पक्राउ वारेन्ट जारी गरेको छ ।

केही सातायता आयोगले कर छुटका फाइल अध्ययन जारी राखेको छ। कुल बिगो निर्धारण हुन भने अझै केही समय लाग्ने देखिएको छ ।

‘ठूला आकारका फाइलबाट कर छुटको अंक हिसाब गरेर साना फाइल खोल्दै छौं,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘सबै विवरण विश्लेषण गरेपछि एउटा आधार बनाएर बिगो निर्धारण गरिनेछ।’ अख्तियार स्रोतका अनुसार हालसम्म करिब एक सय फाइल हेर्दा मूल्य अभिवृद्धि कर ९भ्याट० तर्फ मात्र सवा अर्ब रुपैयाँभन्दा बढी अनियमितता भेटिएको छ।

१ सयदेखि १ सय ५० फाइलहरूमा कर फर्स्योटको आकार १० अर्ब रुपैयाँभन्दा बढी छ। बाँकी ९ सयभन्दा बढी फाइल सानो आकारका भए पनि त्यति नै अनियमितता भेटिने अनुसन्धान अधिकारीको आकलन छ। कर फर्स्योट आयोगले १ हजार ६९ निवेदनमाथि कारबाही गरी ३० अर्ब ५२ करोड रुपैयाँ कर फर्स्योट गरेको थियो। त्यस क्रममा ९ करोड ५४ लाख रुपैयाँ राजस्व उठाउने निर्णय भएको थियो भने बाँकी झन्डै २१ अर्ब रुपैयाँ अनियमित ढंगले छुट दिइएको थियो।

हालसम्मको अनुसन्धान स्थिति हेर्दा आयोग अध्यक्ष महतसहित सदस्य ढकाल र सदस्यसचिव शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने अख्तियार उच्च स्रोतले बतायो। अनुसन्धान वा बयानका क्रममा कुनै तथ्य खुले राजनीतिक नेतृत्व, कर छुट पाएका व्यवसायी र आयोग सचिवालयमा रहेका आन्तरिक राजस्व विभागका केही उच्च पदस्थ कर्मचारीसमेत तानिने सम्भावना अख्तियार स्रोतले व्यक्त गरेको छ।

शंकास्पद अनियमितताको ग्राफ करिब २१ अर्ब रुपैयाँ भए पनि अख्तियारले त्यो सबै रकमलाई भ्रष्टाचार भनी बिगो कायम गर्न सक्ने अवस्था छैन। कर कानुन र त्यसको बर्खिलाप, अस्वाभाविक निर्णय वा अन्य आधार बनाएर बिगो निर्धारण गर्ने अख्तियारको योजना छ। विभिन्न मापदण्डअनुसार निर्धारण हुन सक्ने बिगोको परिमाण भने फरक हुन सक्नेछ। अख्तियारका प्रवक्ता जीवनाथ कोइरालाले छानबिनमा परेका चूडामणि शर्माको बयान नसकिएकाले केही भन्न नसकिने बताए। ‘बयानपछि पनि थप केही अनुसन्धान हुन सक्छ। अहिले केही भन्न सक्ने अवस्था छैन,’ उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब २१ अर्ब रुपैयाँको कर फर्स्योटमध्ये मूल्य अभिवृद्धि कर र अन्तस्शुल्क छुटलाई बिगो मागदाबी गर्ने आधार बनाउने सम्भावना स्रोतले औंल्यायो। उपभोक्ताले भ्याटबापत तिरिसकेको रकम व्यवसायीसम्म पुगेको हुन्छ। व्यवसायीले राज्यकोषमा बुझाउनुपर्ने त्यही रकम आयोगले छुट दिएकाले त्यसलाई भ्रष्टाचार ठहर्‍याउने अख्तियारको योजना छ। त्यसैगरी, मदिरा, चुरोटलगायत उत्पादन उद्योगबाट बजारमा लैजाने क्रममा अन्तस्शुल्क निर्धारण हुन्छ। सामान खरिद गर्नासाथ उपभोक्ताले त्यो अन्तस्शुल्कसमेत तिर्ने भएकाले कर कानुनअनुसार त्यो रकमसमेत व्यवसायीलाई छुट दिन मिल्दैन।

भन्सार, अग्रिम कर, स्वास्थ्य सेवा कर, शिक्षा करमा दिइएको छुटसमेत भ्रष्टाचारमा बिगोको आधार बन्न सक्ने अख्तियार स्रोतले बतायो। आन्तरिक राजस्व विभाग स्रोतबाट कान्तिपुरलाई प्राप्त प्रतिवेदनअनुसार ९ अर्ब ५४ करोड रुपैयाँ कर असुल्ने निर्णय भएकोमा ७ अर्ब ७५ करोड आयकर र १ अर्ब ४३ करोड रुपैयाँ भ्याटबापत छ । ‘असुल रकमउपरको तुलनामा दोब्बर छुट भएकाले भ्याट र अन्तस्शुल्कमा मात्रै ३ अर्बभन्दा बढी छुट देखिएको छ,’ अख्तियार स्रोतले भन्यो, ‘फाइल खोल्दै जाँदा यो आकार अझै बढ्नेछ ।’  कृष्ण ज्ञवालीले आजको कान्तिपुरमा लेखेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web