काठमाडौं ।

साताको अन्तिम दिन बिहीवार बजारको कारोवारमा केही सुधार भए पनि यो साता नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिनको तुलनामा १६.४९ अंकले घटेर अन्तिम दिन १५५९.४९ अंकमा पुगेको छ ।

यो साताको समग्र कारोबार गत साताको तुलनामा ०।०२ प्रतिशतले घटेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २५ हजार ८५८ कारोबारहरुबाट दुई अर्ब ९६ करोड १९ लाख २० हजार रुपैयाँ बराबरका ५२ लाख ९२ हजार ६० कित्ता सेयरहरु किनबेच भएका छन् ।

यसैगरी यो साता समूहगत परिसूचक तर्फ होटेल र अन्य समूहको कारोवार सामान्य बढेको छ भने त्यस बाहेकका सबै समूहको कारोबार घटेको छ ।

यो साता कारोबार रकम र कारोबार संख्याको आधारमा एभरेस्ट बैंक लिमिटेड अग्र स्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा प्रभु बैंक लिमिटेड संस्थापक अग्र स्थानमा रहेको छ ।

14.93¡ÆC