
काठमाडौँ ।
नेकपा 'माओवादी केन्द्र' का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युतभार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गर्नुभएको छ ।
स्थानीय तहको दोश्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौं फर्कनुभएपछि अध्यक्ष दाहालले आज कार्यकारी निर्देशक घिसिङलाई बोलाएर सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युतभार हुनुको कारणबारे जानकारी दिनुभएको थियो ।
भेटमा कार्यकारी निर्देशक घिसिङले तीन÷चार दिनभित्रै प्रविधिमा सुधार गरी सुदूरपश्चिमको विद्युत्भार कटौती अन्त्य गरिने जानकारी दिनुभयो ।