ग्रिन प्लाई उद्योगमा लागेको आगोबाट ३२ करोड बढीको क्षति

असार १०, २०७४ मा प्रकाशित | 818 views

<p style="text-align: justify; ">विराटनगर । मोरङको बुढीगंगा–५ मा रहेको ग्रिन प्लाई इन्डस्ट्रिज प्रा।लि। उद्योगमा बिहान ४ बजेदेखि लागेको आगो १२ घण्टा बित्न लाग्दा पनि अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन। आगो नियन्त्रणको काम साँझसम्ममा सकिने मोरङ प्रहरी प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए। &nbsp;‘८० प्रतिशत आगो नियन्त्रण आएको छ,’ थापाले भने,‘केही ठाँउमा आगो हुर्रहुर्र बलिरहेकै अवस्था छ, हामीले ११ वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेका छौं।’ आलगालगीबाट ३२ करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ। विद्युत् सर्ट भइ लागेको आगो निभाउन ११ वटा दमकल, ५ वटा स्काभेटर, नेपाली सेना, सशस्त्र प्रहरी, औद्योगिक सुरक्षा बल तथा स्थानीयले प्रयास गरिरहेका छन्।</p><p style="text-align: justify; ">&nbsp;उद्योगका संचालक तथा प्रबन्धक दिवासिस राठीले आगलागीबाट भएको क्षतिको विवरण यकिन गर्न नसकिएको बताए। उनले ३२ करोडभन्दा बढी क्षति हुनसक्ने अनुमान रहेको बताए। &nbsp;आगलागीबाट उद्योगमा रहेका तयारी वस्तु तथा कच्चा पदार्थ जलेर नष्ट भएको छ। त्यसका साथै ६० देखि ६५ वटा मेसिन जलेको र भवन पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। उद्योग क्षेत्रको ३० हजार स्क्वायर फिट आगलागी भएको बताइएको छ। ७ वर्षअघि स्थापना भएको उक्त प्लाइ उद्योग नेपालमै चर्चित छ। यस उद्योगबाट उत्पादित प्लाइ नेपाल भर विक्री भइरहेको संचालक राठीले जानकारी दिए।&nbsp;</p><p style="text-align: justify; "><br></p>

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web