दोश्रो चौमासिकसम्मको भत्ता लाभग्राहीको बैक खातामा, अन्तिम चौमासिकको पनि तयारी अबस्थामा

जेष्ठ २४, २०७८ मा प्रकाशित | 302 views

बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्मको सामाजिक सुरक्षा भत्ता सबै लाभग्राहीको बैंक खातामा उपलब्ध गराइसकेको जनाएको छ ।

नगरपालिकाले यसअघि कागजको खाता प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै आएकोमा अहिले संघीय सरकारले बैंङ्किक प्रणाली अनिवार्य गर्न निर्देशन दिएसगैँ एम.आई.एस. प्रणालीमा सूचिकृत गर्नको लागी निर्धारित समयभन्दा केही समय धकेलिए पनि पहिलो र दोश्रो चौमासिकसम्मको सामाजिक सुरक्षा भत्ता बापतको रकम लाभग्राहीको बैंक खातामा दाखिला भैसकेको जनाएको हो । यो आर्थिक वर्षको पहिलो र दोश्रो चौमासकि अर्थात साउनदेखि फागुन मसान्तसम्म आठ महिनाको भत्ता रकम सबै लाभग्राहीको सानिमा बैंकको नाममा रहेको खातामा जम्मा भैसकेको बेलकोटगढी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिपकप्रसाद खतिवडाले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार नगरपालिकाले बैंक खातामा रकम दाखिला गर्ने क्रममा केही लाभग्राहीको बंैक खाता अध्यावधिक गर्नुपर्ने देखिएको कारण खातामा रकम जम्मा गर्न प्राविधिक समस्या देखिएकाले लाभग्राहीले आफूलाई पायक पर्ने सानिमा बैंकको शाखा कार्यालयमा गएर खाता अध्यावधिक गर्न अर्थात के.वाई.सी फाराम भरेर खाता सक्रिय बनाउनको लागी अनुरोध गरिएको छ ।

बैंक खाता सक्रिय हुने बित्तिकै लाभग्राहीको भत्ता बैंक खातामा जाने र अब लगत्तै तेश्रो तथा अन्तिम चौमासिकको रकम पनि बैंक खातामा पठाउन अहिले तथ्याङ्क विश्लेषणको काम भैरहेको बेलकोटगढी नगरपालिकालको नगर प्रमुख राजेन्द्ररमण खनालले जानकारी दिनुभएको छ । उहाँको अनुसार अन्तिम चौमासिक बापत चालु आर्थिक वर्षको अन्तिम किस्ता अर्थात चैतदेखि असारसम्मको भत्ता रकम पनि बैंक दाखिलाको तयारी अन्तिम चरणमा पुराइएको छ ।

पछिल्लो समयमा बेलकोटगढी नगरापालिकाले सामाजिक सुरक्षा भत्ता निर्धारित समयमा उपलब्ध नगराएको भनेर सामाजिक सञ्जालमा टिप्पणी गरेसगैँ नगरपालिकाले सूचना जारी गरेर नगरपालिका मार्फत रकम निकासा भैसकेको स्पष्ट पारेको हो । बैंक खाता अध्यावधिक नभएका लाभग्राहीको हकमा निष्क्रिय खाताको करण समस्या देखिएकाले खातालाई सुचारु गराउनको लागी लाभग्राहीलाई अनुरोध गर्दै सानिमा बैंकलाई पनि आवश्यक सहजिकरण गर्न नगरपालिकाले आग्रह गरको छ ।

बेलकोटगढी नगरपालिकाले निर्धारित समयमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनको लागी मुख्य समस्या बैंकिङ्क प्रणालीमा देखिएको हो । पहिलो पटक यो वर्षदखि एकै पटक बैंकिङ प्रणालीमा भत्ता रकम वितरण गर्नुपर्दा लाभग्राहीको बैंकमा खाता खोल्नुपर्ने र खाता सुचारु हुनुपर्ने प्रावधान स्वभाविक रुपमा नै हुनुपर्दछ । तर, नयाँ खाता खोलेकाहरुको लाभग्राहीको खातामा रकम जम्म भैसकेको छ भने यसअघि खाता खोलेका लाभग्राहीले हरेक वर्ष खाता अध्यावधिक गर्न भर्नुपर्ने केवाईसी फाराम नभरेको कारण उनीहरुको खातामा रकम पठाएपनि पाइपलाइनमा रहेको हो । अर्थात नगरपालिकाले पैसा पठाइसकेको बैंक  खाता निष्क्रिय रहेको कारण लाभग्राहीले निकाल्न समस्या भएको हो । अब लाभग्राहीले केवाईसी फाराम भर्ने बित्तिकै रकम निकाल्न सक्ने भएका छन् ।

‘केवाईसी’ के हो ? किन छ यसको महत्व ?

कुनै पनि कम्पनीले आफ्नो ग्राहकको पहिचान थाहा पाउने प्रक्रियालाई केवाईसी(KYC) अर्थात नो योर कस्टुमर(know your costumer) भनिन्छ । बैंकिङ क्षेत्रमा केवाईसीलाई अझ महत्वका साथ हेरिन्छ । यस प्रक्रियाअन्तर्गत बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकहरुको पहिचान, ठेगाना, पृष्ठभूमि लगायतका विषयमा जानकारी संकलन गर्दछ । ग्राहकले कुनै पनि खाता खोल्नुभन्दा अघि बैंकले यो प्रक्रिया अपनाउने गर्दछ ।

बैंकहरुले आवश्यकताअनुसार, यसको प्रक्रियामा परिमार्जन गर्ने गर्दछन् । सम्पत्ति शुद्धिकरण, भ्रष्टाचार, चोरी, ठगी लगायतका वित्तीय अपराध रोक्नका लागि केवाईसी को अवधारणा ल्याइएको हो । केवाईसीले कुनै पनि बैंक तथा वित्तीय संस्थालाई अपराधिक क्रियाकलापमा प्रयोग हुनबाट जोगाउँछ ।

केवाईसी अन्तर्गत कसैले कालोधन जम्मा गर्नका लागि अथवा भ्रष्टाचार गरेको पैसा लुकाउनका लागि बैंकको प्रयोग नगरोस भनेर बैंकमा पैसा जम्मा गर्न आउने ग्राहकको पृष्ठभूमिदेखि लिएर हरेक कुराको जाँच गरिन्छ । त्यसैले, केवाईसीले बैंकको सुरक्षामा मद्धत गर्छ । त्यस्तै, ग्राहक तथा अन्य वित्तीय साझेदारसँगको सम्बन्ध मजबुद बनाउनका लागि समेत केवाईसी सहयोगी बन्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web