नेपालगञ्ज ।

राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय कोहलपुर बाँकेका दुई जना कर्मचारी पाँच लाख ७० हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय कोहलपुरबाट खटिएको टोलीले गएराति अनुसन्धान अधिकृत भिमप्रसाद घिमिरे र कम्प्युटर अधिकृत गोविन्द बहादुर शाहलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

उनीहरुले भ्याटबिल तथा स्टिमेट मिलाईदिने भन्दै घुस लिएको अख्तियारले बताएको छ ।

16.6¡ÆC