अब मतगणनामा दलका प्रतिनिधिलाई मतपत्रभन्दा टाढा राख्ने निर्णय

असार ९, २०७४ मा प्रकाशित | 1094 views

रुकुम। निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित ढङ्गले सम्पन्न गर्नका लागि पहिलो चरणको निर्वाचनबाट केही थप पाठ सिकेकाले अब दलका प्रतिनिधिलाई मतगणनास्थलमा मतपत्रभन्दा टाढा राखिने जानकारी दिएका छन्।

निर्वाचन तयारीका बारेमा अनुगमन गर्न आज रुकुम पुगेका उनले निर्वाचनसम्बन्धी सरोकार भएकाहरुसँगको छलफलमा मतगणना हुने ठाउँमा मतपत्र राख्ने ठाउँलाई डोरी, बाँस वा अन्य कुनै काठले बाँधेर दलका प्रतिनिधिलाई टाढा राख्ने व्यवस्था दोस्रो चरणको निर्वाचनमा गरिने बताए।

यसका लागि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका साथै सुरक्षा निकायलाई निर्देशन दिइसकिएको उनले बताए।

राजनीतिक दलका प्रतिनिधिको सहभागितामा निर्वाचन आचारसंहिता बनाइएको भन्दै आयुक्त पौडेलले आचारसंहिता कार्यान्वयनका लागि कडाइ गरिने बताए।

भरतपुरमा दलका प्रतिनिधिले नै मतपत्र च्यातेपछि अहिलेसम्म पुनः मतगणना कि मतदान गर्ने टुङ्गो लाग्न सकेको छैन। निर्वाचन आयोगले मतदानको निर्णय गरे पनि विवाद अदालतमा पुगेको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web