काठमाडौं ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एक वडा अध्यक्षसहित ३८ जनप्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएको प्रारम्भिक विवरण आयोगमा प्राप्त भएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

निर्विरोध हुनेमा नेपाली काँग्रेसका १४, नेकपा एमालेका १४ र नेकपा माओवादी केन्द्रका १० जना रहेका छन ।

निर्वारोध भएका ३८ मध्ये २४ जना दलित महिला सदस्य रहेको विवरण प्राप्त भएको छ ।

दोस्रो चरणको यही असार १४ गते हुने निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधिको चयन हुने छ ।

29.12¡ÆC