कृषि बिकास कार्यालय द्धारा कृषकको लागि कृषक सामग्री बितरण

असार ८, २०७४ मा प्रकाशित | 1072 views

Default News Image

पर्वत ।

चालु आर्थिक बर्ष ०७३/७४ को असारको पहिलो साता सम्म जिल्ला कृषि बिकास कार्यलय पर्वतले भिन्न भिन्नै शिर्षकमा कृषकहरुको लागि बिभिन्न सामाग्रीहरु बितरण गरेको छ ।

कार्यालयले ०७३ असार देखि ०७४ असारको पहिलो साता सम्म कृषकहरुको लागि ५० प्रतिशत अनुदानमा मिनिटेलर, साना सिंचाई योजना, प्लाष्टिक पोखरी, भुकम्प पिडितको लागि मिनि थे्रसर, सुन्तला पेकिङ्ग कार्टुन र तरकारी ढुबानी के्रट लगायत बिभिन्न शिर्षकमा कृषकहरुलाई चाहिने सामाग्री बितरण गरेको हो ।

कार्यलयबाट चालु आर्थिक बर्षमा १ सय २० वटा मिनिटेलर बितरण भएका छन् । ७५ हजार मुल्य बराबरको मिनिटेलर ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो ।

जसअन्र्तगत ६२ वटा मिनिटेलर कार्यलयले बितरण गरेको छ भने ५० वटा मिनिटेलर प्रधानमन्त्रि कृषि आधुनिकरण परियोजना मार्फत र १८ वटा मिनिटेलर सांसद बिकास कोष मार्फत ५० प्रतिशत अनुदानमा बितरण गरिएको हो ।

त्यस्तै ३१ लाख ५० हजार मुल्य बराबरको ७२ वटा साना सिचाई योजना सम्झौता भई सम्पन्न हुने चरणमा रहेको जिल्ला कृषि बिकास कार्यलय पर्बतका बरिष्ठ कृषि बिकास अधिकृत बासुदेब रेग्मीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web