‘अरुले जिते गणतन्त्र खतरामा पर्छ, बाली माओवादीले लगाएको हो फल पनि खान पाउनुपर्छ’-दाहाल

असार ८, २०७४ मा प्रकाशित | 1017 views

नेपालगञ्ज ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेसम्म प्राप्त उपलब्धि र परिवर्तनलाई संस्थागत गर्न माओवादीलाई बलियो बनाउन आग्रह गरेका छन् ।

बाँकेको खजुरामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै दाहालले माओवादी बलियो हुँदा मात्र परिवर्तन संस्थागत हुने जिकिर गर्दै स्थानीय चुनावमा माओवादीलाई जिताउन आग्रह गरे ।

अन्य पार्टी विजयी भए गणतन्त्र खतरामा पर्ने दाहालको दाबी छ । गणतन्त्रको बाली माओवादीले लगाएको भन्दै त्यसको फल माओवादी र जनताले पाउनुपर्ने दाहालको कर्त थियो ।

दाहलले आफ्नो नेतृत्वको सरकारले १० महिनामा लोडसेडिङ अन्त्य गर्नुका साथै आर्थिक वृद्धिदर हासिल गरेर देखाएको बताए । संविधान कार्यान्वयनको पहिलो खुट्किलो स्थानीय तहको निर्वाचन भएकाले सबै मिलेर यसलाई सफल बनाउनुपर्ने धारणा राखे ।

आगामी माघ ७ भित्र गरिसक्नुपर्ने प्रदेश र संघको निर्वाचनका लागि पनि यसले माहोल निर्माण गरेको दाहालको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web