पाल्पा ।

प्राविधिक शिक्षाअन्तर्गत जिल्लामै पहिलो पटक रामपुरमा पशुविज्ञान शिक्षा सुरु भएको छ ।

रामपुर नगरपालिकास्थित आधारभूत माविमा माध्यमिक तह कक्षा ९ देखि १२ सम्मका लागि प्राविधिक तथा व्यावसायिक बिषय अन्तर्गत पशु विज्ञान शिक्षा सुरु गरिएको हो ।

जिल्ला सदरमुकाम तानसेनदेखि करिब ६५ किमी पूर्वमा अवस्थित रामपुर नगरपालिकामा पशुविज्ञान शिक्षा सञ्चालनमा आएपछि गण्डकी क्षेत्रका पाल्पा, स्याङ्जा र तनहुँ तथा लुम्बिनी क्षेत्रको नवलपरासीका बासिन्दालाई प्राविधिक शिक्षा लिन सहज हुने भएको छ ।

26.12¡ÆC