धादिङमा भूकम्प जाँदा एकको मृत्यु एक घाइते

असार ७, २०७४ मा प्रकाशित | 1108 views

धादिङ ।

आज बिहान १० बजेर २५ मिनेट जाँदा गएको भुकम्को धक्काले इटा खस्दा धादिङमा एकजनाको मृत्यु भएको छ ।

दक्षिणी धादिङको धुनिबेँसी नगरपालिका वडा नं ५ मा रहेको इँटा भट्टामा इँटा मिलाउँदै गर्दा भूकम्पको धक्काले इँटाले लागेर भारत दरबङ्गा निवासी ३५ वर्षीय रिजन सदाईको घटनास्थलमै मृत्यु भएको हो ।

इटा खस्दा उनका छोरा १० वर्षीय दलम सदाई घाइते भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

मकवानपुरको चित्लाङमा केन्द्रबिन्दु बनाई आज बिहान ३ दशमलव २ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web