<p style="box-sizing: inherit; padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px; text-align: justify;">काठमाडौँ ।
<p style="box-sizing: inherit; padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px; text-align: justify;">नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ ।
<p style="box-sizing: inherit; padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाउनुभएको छ । ।
<p style="box-sizing: inherit; padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजका प्रस्तावक एवम् समर्थकलाई कारबाही गरिने उल्लेख छ ।
<p style="box-sizing: inherit; padding: 0px; margin-bottom: 15px; color: rgb(64, 64, 64); font-family: "Open Sans", sans-serif; font-size: 16px;">काँग्रेसले त्यस्ता व्यक्तिलाई पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) (ख) अनुसार पार्टीबाट स्वतः निष्काशन गर्ने जनाएको छ ।
26.12¡ÆC