विराटनगरमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण

असार ७, २०७४ मा प्रकाशित | 781 views

विराटनगर ।

दोश्रो चरण अन्र्तगत असार–१४ गते हुन लागेको स्थानियतहको निर्वाचनलाई लक्षित गर्दै विराटनगरमा आजदेखी मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरको आयोजनामा दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृतगरी १३ सयभन्दा वढिको सहभागिता रहेको छ ।

मतदान केन्द्रमा खटिएका मतदान अधिकृतहरुलाइ मतदान प्रक्रिया वारे जानकारी गराउन प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुदै मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले मोरङमा स्थानियतहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको वताउनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइरालाले निर्वाचनलाई लक्षितगर्दै मोरङमा तिनतहमा सुरक्षा व्यवस्था मिलाइएकाले निर्भयताका साथ मतदान केन्द्रमा गएर मतदानगर्न सवैसंग आग्रह गर्नुभयो ।

क्षेत्रिय निर्वाचन अधिकृत प्रेमप्रसाद सन्जेलले प्रशिक्षणवाट आएका कुरालाई कार्यक्षेत्रमा गएर राजनितिकदल तथा सर्वसाधारणसंग समन्वय गरेर संचालन गर्नुपर्नेमा जोड दिनुभयो । प्रशिक्षण कार्यक्रम विराटनगरको विरेन्द्र सभागृह, नगरपालिकाको सवाहल र जिविसको सवाहलमा भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web