<p style="margin-bottom: 20px; padding: 0px; line-height: 30px; border: 0px; outline-style: initial; outline-width: 0px; vertical-align: bottom; background-image: initial; background-position: initial; background-size: initial; background-repeat: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; font-family: "Ek Mukta", sans-serif; text-align: justify; font-size: 20px !important;">धनगढी । ७ नम्बर प्रदेशमा मतदाताको अन्तिम नामावली प्रकाश अगावै नौ जना निर्विरोध निर्वाचित भएका छन । विभिन्न स्थानीय तहका निर्वाचन कार्यालयहरुका अनुसार बझाङको काँडा गाँउपालीका ५ बाट एमालेले विजयी सुरुवात गरेको छ । 
<p style="margin-bottom: 20px; padding: 0px; line-height: 30px; border: 0px; outline-style: initial; outline-width: 0px; vertical-align: bottom; background-image: initial; background-position: initial; background-size: initial; background-repeat: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; font-family: "Ek Mukta", sans-serif; text-align: justify; font-size: 20px !important;">काँडा गाउँपालीका वडा नम्बर ५ बाट नेकपा एमालेका तर्फ बाट वडा अध्यक्षमा धनजय बोहराको प्यानल नै निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ ।
<p style="margin-bottom: 20px; padding: 0px; line-height: 30px; border: 0px; outline-style: initial; outline-width: 0px; vertical-align: bottom; background-image: initial; background-position: initial; background-size: initial; background-repeat: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; font-family: "Ek Mukta", sans-serif; text-align: justify; font-size: 20px !important;">आइतबार भएको मनोनय दर्ताको वेला वडा नं ५ बाट अन्य दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्षमा एमालेका धनजय बोहरा, महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य पदमा डब्बल बोहरा र कलु बोहरा निर्विरोध निर्वाचित भएका हुन ।
<p style="margin-bottom: 20px; padding: 0px; line-height: 30px; border: 0px; outline-style: initial; outline-width: 0px; vertical-align: bottom; background-image: initial; background-position: initial; background-size: initial; background-repeat: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; font-family: "Ek Mukta", sans-serif; text-align: justify; font-size: 20px !important;">वडा नम्बर ५ मा दलित महिला सदस्यको उमेदवारी नै नपरेकोले उक्त पद भने खाली हुने भएको छ । यस्तै बझाङकै काँडा गाँउपालीका वडा नं ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसकी दलित महिला उम्मेदवार अमृता विक निर्विरोध निर्वाचीत हुनु भएको छ ।
<p style="margin-bottom: 20px; padding: 0px; line-height: 30px; border: 0px; outline-style: initial; outline-width: 0px; vertical-align: bottom; background-image: initial; background-position: initial; background-size: initial; background-repeat: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; font-family: "Ek Mukta", sans-serif; text-align: justify; font-size: 20px !important;">कैलालीको भनजीत्रिशक्री नगरपालिकामा माओवादी केन्द्रले पनि खाता खोलेको छ । भजनीत्रिशक्ति नगरपालिका वडा नम्बर ६ बाट नेकपा माओवादी केन्द्रकी दलित महिला सदस्य कमला ज्ञवाली श्रीपाइली निर्विरोध निर्वाचित हुनु भएको माओवादी केन्द्रको प्रदेश नम्बर सातको सञ्चार समितिले जनाएको छ । 
बाजुराको पनि बडिमालिका नगरपालिकामा नेकपा एमालेबाट दलित वडा सदस्यमा लुती नेपाली निर्विरोध निर्वाचित हुनु भएको छ ।
<p style="margin-bottom: 0px; padding: 0px; line-height: 30px; border: 0px; outline-style: initial; outline-width: 0px; vertical-align: bottom; background-image: initial; background-position: initial; background-size: initial; background-repeat: initial; background-attachment: initial; background-origin: initial; background-clip: initial; font-family: "Ek Mukta", sans-serif; text-align: justify; font-size: 20px !important;">अछामको मंगलसैन नगरपालिकामा पनि नेकपा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । मंगलसेन वडा नम्बर २ मा बमबहादुर बोगटी निर्विरोध निर्वाचित हुनुभएको छ भने यस्तै सोही वडाबाट महिला वडा सदस्यमा सुनिता बोगटी र वडा नम्बर ७ मा महिला वडा सदस्यमै जमुना जैसी निर्विरोध निर्वाचित हुनुभएको हो ।
29.12¡ÆC