टोखा छहरे सुरुङ मार्ग, तराईमा शहरीकरण, पोखरा–बेनी–जोमसोङ सडक, शारदा बबई र तामाकोसीलाई १ खर्ब २० अर्ब

असार ५, २०७४ मा प्रकाशित | 10974 views

काठमाडौं ।

एसियाली पूर्वाधार लगानी बैंकले नेपालका विभिन्न छवटा परियोजनामा करिब १ खर्ब २० अर्बको लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।

दक्षिण कोरियामा आयोजना भएको एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको बैठकमा सहभागी भई फर्कनुभएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीको सुधार परियोजनामा १० अर्ब रुपैयाँ लगानी गर्ने बैंकले प्रतिबद्धता जनाएको बताउनुभयो ।

यस्तै तराई मधेसको बस्ती विकास तथा व्यवस्थित सहरीकरण परियोजनामा बैंकले रु २८ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएको अर्थमन्त्री कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै, काठमाडौँ सामाखुसीदेखि नुवाकोटको छहरेसम्मको सुरुङ मार्गमा बैंकले रु २६ अर्ब लगानी गर्ने भएको छ ।

यसैगरी बैंकले पोखरा–बेनी–जोमसोङ सडकलाई स्तरोन्नति गर्ने परियोजनाका लागि रु १६ अर्ब लगानी गर्ने भएको छ ।

बैंकले शारदा बबई जलविद्युत् आयोजनामा रु २० अर्ब लगानी गर्ने विषयमा प्रक्रिया अगाडि बढेको अर्थमन्त्री कार्कीले बताउनुभयो । सो परियोजनाको क्षमता ९३ मेगावाटको छ ।

यस्तै नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाउन लागेको ८७ मेगावाट क्षमताको तामाकोसी पाचौंमा १८ अर्ब लगानी गर्ने सम्बन्धमा पनि बैंकले सहमति जनाएको छ ।

अर्थसचिव शान्तराज सुवेदीले सरोकारवाला मन्त्रालयले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर उपलब्ध गराएपछि रकम उपलब्ध हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web