पाल्पा ।

खेल्ने क्रममा सामान्य झगडाको निहुँमा विद्यालयका प्रध्यानध्यापकले विद्यार्थीको हात भाचिदिएका छन् ।

तानसेन नगरपालिका ११ मा रहेको गार्गी माध्यमिक विद्यालयका प्रध्यानध्यापक यादव प्रसाद घिमिरेको कुटपिटको क्रममा कक्षा ४ मा पढ्ने विक्रम बमरेल हात भाचिदिएका हुन् ।

विद्यालयका प्रध्यानध्यापकले यस्तो घटना घटाएको पहिलो पटक भने होईन् । अहिलेको घटना सम्म २ जना विद्यार्थीको हात भाचि दिएको र ३ जनालाई टाउको, ढाड, हात खुट्टामा हानेर बेहोस हुने गरि कुटपिट गरि सकेका कक्षा १० मा पढ्ने विद्यार्थी रोशन ठड्राईले बताए ।

सोहि विद्यालयमा कक्षा ६ मा पढ्दै गरेका रोसन कार्कीले भने ‘हेड सरले कक्षा कोठमा खेलेको निहुँ पारेर ४ कक्षामा पढ्दा पनि ३० मिनेट बेहोस हुन गरि पिट्नु भएको थियो ।’

रोसन त एउटा उदारणीय विद्यार्थी मात्र हुन । धेरै पटक सम्मा पनि यस्ता घटना सहेर बसको तर अव नसहने भन्दै शोमबार अभिभावकहरुले प्रध्यानध्यापकको कार्य कक्षामा ताला लगाई दिएका छन् ।

३ वर्ष पहिले ५०० विद्यार्थी रहेको विद्यालयमा शिक्षकहरुको यस्तो व्यवाहरले गर्दा यस वर्षमा ३०० भन्दा कम विद्यार्थी भएको विद्यालय व्यवस्थापन समितिका सदस्या भिम कार्कीले भन्नु भयो ।

शिक्षामा गुणस्तर पनि खस्कीदै गएको र प्रशाशन चुस्ता र दुस्ट सञ्चालन गर्न नसकेको भन्दै आजको मितिबाट विद्यालय छाड्नु पर्ने र नछाडे सम्मा विद्यालयको ताला नखोल्ने अभिभावकहरुको भनाई रहेको छ ।

सो विद्यालयमा पढ्दै गरेको धेरै विद्यार्थीले पढाई भन्दा बढि शिक्षकको पिटाई खानु परेको अभिभावकहरुको गुनासो रहेको छ ।

शिक्षक अभिभावक संघका अध्यक्ष अशोक घिमिरेका अनुसार विद्यालयमा बढि राजनितिक घुसेको र विद्यालयमा शैक्षिक गुणस्तर घढ्दै गएको बताउनु भयो । यस्तो घटना पहिलो पटक नभएको र पटक पटक घटना घढ्दै गएकोले शिक्षकलाई कारवाही गर्नुपर्ने बताउनु भयो ।

26.12¡ÆC