पाँचथर जिल्लामा उम्मेद्धार मात्रै १२ सय ७० जना

असार ५, २०७४ मा प्रकाशित | 968 views

पाँचथर ।

यही असार १४  गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि पाँचथर जिल्लाबाट प्रमुख,उपप्रमुख वडा अध्यक्ष,महिला वडा सदस्य, दलित महिला वडा सदस्य र वडा सदस्यसमेत गरि एक हजार २७० जना उमेरद्वारले मनोनयन पत्र दर्ता गरेका छन् ।

मुख्य निर्वाचन कार्यालय पाँचथरका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, संघिय समाजबादी फोरम नेपाल, लोकतान्त्रिक राष्ट्रिय मञ्च नेकपा माले र स्वतन्त्रसहितका जिल्लाका राजनितिक दलहरुले आ–आफ्ना उमेरद्वारहरुले प्रमुख, उपप्रमुख वडा अध्यक्ष , महिला वडा सदस्य, दलित महिला वडा सदस्य, वडा सदस्यमा उमेरद्वार दर्ता गरेका हुन ।

एक नगरपालिका र सात गाउँपालिका रहेको पाँचथर जिल्लामा  प्रमुखमा ४७ जना, उपप्रमुखमा ४४ जना, २७०  जना  वडा अध्यक्ष, २३२ जना महिला वडा सदस्य,१८९ जना १८९ दलित महिला जना सदस्य रहेका छन् ।

जिल्लाको एक मात्र नगरपालिका  फिदिममा नेपाली कांग्रेसबाट मेयरमा ओनाहाङ नेम्बाङ, उपमेयरमा उर्मिला श्रेष्ठ, नेकपा एमालेबाट मेयरमा राजकुमार भण्डारी, उपमेयरमा मुना नेम्बाङ, माओबादी केन्द्रबाट मेयरमा राधा न्यौपाने, उपमेयरमा रमुना लोकान्द्रीले उमेरद्वार दर्ता गराएका हुन ।

त्यस्तै राप्रपाबाट  मेयरमा महिला उमेरद्वार देबी शिवाकोटी र उपमेयर पदमा टिकाहाङ जबेगुले उमेरद्वारी दर्ता गरेका हुन् । जिल्लाका दुई गाउँपालिकामा राजनितिक दलहरुले प्रमुख र उपप्रमुखसहित वडा अध्यक्षमा तालमेल गरेर उमेरद्वारी मनोनयन गरेका छन् ।

पाँचथरको तुम्बेवा गाउँपालिकामा माओबादी केन्द्रले प्रमुख र एमालेले उपप्रमुख लिएर तालमेल गरि उमेरद्वार दर्ता गरेका हुन् । त्यस्तै नेपाली कांग्रेस र राप्रपाले कुम्बायक गाउँपालिकामा प्रमुख उपप्रमुख र वडा अध्यक्षमा तालमेल गरि उमेरद्वारी दर्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web