काठमाडौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारको शक्तिशाली कलमलाई मुलुक र जनताका पक्षमा चलाउनका लागि आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा नेपाल पत्रकार महासङ्घको टोलीसंगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । उनले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै निक्ष्पक्ष रुपमा कलम चलाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले देशमा सङ्घीयतासहितको संविधान आइसकेका सन्दर्भमा राजनीतिक दलहरु एकापसमा मेलमिलापको भावनासहित एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महासंघले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्दै पत्रकारको भौतिक सुरक्षा गर्नुपर्ने लगायत माग गरेको छ ।

महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले सरकारी र निजी सञ्चारमाध्यममा पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । टोलीमा महासचिव उजिर मगर, उपाध्यक्ष अनिता विन्दुलगायत सहभागी थिए ।

26.12¡ÆC