नुवाकोट । लिखु गाउँपालिकाले कोरोना रोगबाट प्रभावित भएका व्यक्तिहरु राख्न बनाएको आइशोलेसन केन्द्रमा दशथान ‘अक्सिजन कन्सन्ट्रेसन’ प्राप्त भएको छ ।

‘जोय फाउन्डेशन’ नेपालबाट सहयोग प्राप्त भएको दशथान ‘अक्सिजन कन्सन्ट्रेसन’ आज काठमाडौमा अयोजित संक्षिप्त कार्यक्रममा हस्तान्तरण गरिएकाले अब नुवाकोट ल्याएर आइशोलेसन केन्द्र र धुलिखेल अस्पतालमा उपचारत बिरामीको लागी प्रयोग गरिने भएको छ ।

‘जोय फाउन्डेशन’ नेपालका अध्यक्ष राजु श्रेष्ठले लिखु गाउँपालिकाको अध्यक्ष धुव्र श्रेष्ठलाई उक्त सामाग्रि हस्तान्तरण गर्दै कोरोना रोग विरुद्धको लागी लिखु गाउँपालिकाले गरिरहेको प्रयास प्रभावकारी रहेको भन्दै कोरोना रोगबाट सक्रमित भएका बिरामीको लागी अतिआवश्यक अक्सिजन उपलब्ध गराउन सहयोग उपलब्ध गराएको बताउनुभएको छ ।

चीनबाट आयात गरिएको एंव आधुनिक रुपमा स्वचालित ‘अक्सिजन कन्सन्ट्रेसन’को दश थानको मुल्य करीब २२ लाख रुपैयाँ बराबरको रहेको उल्लेख गरिएको छ । लिखु गाउँपालिकामा कोरोना रोगको सक्रमण देखिएका व्यक्तिको लागी राख्न आइशोलेसन बेडहरु तयारी अबस्थामा राखिएको अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार आअइशोलेन केन्द्रमा अहिले सिलिण्डर अक्सिजनको व्यवस्था मिलाइएकोमा प्राप्त भएको ‘अक्सिजन कन्सन्ट्रेसन’ले विद्युतीय माध्यमबाट चल्ने उपकरणले अक्सिजनको अभाव हुन नदिन ठूलो योगदान पुगेको छ ।

19.08¡ÆC