काठमाडौं ।

तराईका ११ जिल्लाको चुनाव रोक्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरिदिएको छ ।

अधिवक्ता सुपनल कुमार पटेलले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ओमप्रकाश मिश्रले सोमबार कारण देखाउ ओदश जारी गरेको छ । तर, चुनाव रोक्न अन्तरिम आदेश दिएन । दुबै पक्षको बहस सुनेर मात्र आदेश दिनु उपयुक्त हुने भन्दै असार ८ गतेका लागि अर्को पेशी तोकिएको छ ।

स्थानीय तह पुनः संरचना आयोगले स्थानीय तहमा सहमति नजुटाएकाले त्यहाँको संख्या पुनरावलोकन नगरी हुने चुनाव गर्न नहुने रिट निवेदकको तर्क थियो ।

अदालतले विपक्षीको माग बमोजिम अन्तरिम आदेश किन जारी नगर्ने लिखित जवाफ पेश गर्न प्रधानमन्त्री कार्यालयसहितका विपक्षीलाई भनेको छ ।

प्रदेश नम्बर २ को चुनाव असोज २ लाई सरेको छ । तर, नवलपरासी, रुपन्देही र कपिलबस्तुमा भने असार १४ गते चुनाव हुँदैछ ।

16.09¡ÆC