नेपालगञ्जमा उम्मेद्धारलाई भोट माग्न भ्याइ नभ्याई

असार ५, २०७४ मा प्रकाशित | 582 views

नेपालगञ्ज ।

४० डिग्री आसपासको तापक्रम, तातो हावा र प्रचण्ड गर्मीले तातिएको बाँके चुनावी माहोलले झनै गर्माएको छ । उम्मेदवारहरुलाई घरदैलो, कोणसभा गर्न भ्याई नभ्याई छ । पसिनाले निथु्रक्क भिजेका अनुहार घरघरमा पुगिरहेका छन्, आप्mना लागि मत जाहेर गर्न अनुरोध गर्दै । यो परिवेशले मतदाताहरु पनि उत्साहित छन् ।

आफूहरु मत हाल्न हातुर रहेको मतदाताहरु बताउँछन् । २० बर्षपछि अधिकारसम्पन्न आप्mना जनप्रतिनिधि आफैं छान्ने महायज्ञमा होमिएका मतदाता हौसिएका छन् ।

स्थानीय जनप्रतिनिधि चयनको कुरा स्थानीय विकास, सुशासन र समृृद्धिसंग जोडिएकाले योग्य, सक्षम, विकासप्रेमी र जनताको सुःख दुःखमा साथ दिँदै आएका व्यक्तिहरु आप्mनो रोजाईंमा पर्ने मतदाताहरु बताउँछन् । हाम्रो भन्दा पनि राम्रो व्यक्ति आफूहरुको रोजाईंमा पर्ने उनीहरुको भनाई छ ।

गाउँ, सहर, चोक, चौतारा, चियापसल, घुम्ती, टोल सबैतिर स्थानीय तह निर्वाचनकै चर्चा छ । कस्तो व्यक्तिलाई जिताउने भन्ने सम्मका छलफल गरिरहेका भेटिन्छन्, सर्वसाधारणहरु । घरदैलोमा ब्यस्त उम्मेदवारहरुका कुरा सुन्न पनि भ्याई नभ्याई छ मतदाताहरुलाई । जताततै चुनावकै रौनक छ । अर्कोतिर निर्वाचन कार्यालयले पनि मतदाता शिक्षालाई तिब्रता दिएको छ ।

एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको बाँकेमा ८१ वटा वडाबाट ४ सय २१ जनप्रतिनिधि चुनिँदैछन् । बाँकेमा २ लाख ४६ हजार ७८ मतदाता छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web