<h4 style="text-align: justify; font-family: "Noto Sans", sans-serif; color: rgb(26, 26, 26);">भक्तपुर। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा डि र इ गे्रड ल्याएका हजारौं विद्यार्थीले यस वर्ष पनि कुनै पनि विषय पढ्न नपाउने भएका छन् ।
<h5 style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">डि र इ गे्रड ल्याएका विद्यार्थीलाई प्राविधिक तथा व्यवसायीक शिक्षा तालिम केन्द्र अन्तर्गतको टेक्निकल एसइइ पढाउने भनिए पनि २४ हजार विद्यार्थीलाई मात्र पढाउन सक्ने क्षमता छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">पूर्व तयारी विना गत वर्षदेखि सुरु भएको लेटर ग्रेडिङ प्रणालीको परीक्षाका कारण यस वर्ष पनि हजारौं विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुने भएका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">गत चैतमा भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमिततर्फ ४ लाख ६२ हजार १ सय ३६ विद्यार्थी सहभागी थिए ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">जसमा १ लाख ५० हजार ९ सय विद्यार्थीले गणित विषयमा सबै भन्दा कम इ ग्रेड ल्याएका छन् भने १ लाख १० हजार ७ सय विद्यार्थीको विज्ञान विषयमा इ ग्रेड आएको छ । अंग्रेजीमा ७१ हजार ३ सय ९२ जनाले इ ग्रेड ल्याएका छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">अंगे्रजी, गणित र विज्ञानमा सी वा सी प्लस ल्याउने विद्यार्थीले मात्र उच्च शिक्षामा विज्ञान, ब्यवस्थापन र मानविकी संकायका आफूले चाहेको विषय पढ्न पाउने छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">राष्ट्रिय परीक्षा बोर्डले विज्ञान विषय पढ्न विज्ञान र गणितमा सी प्लस र अंगे्रजीमा सी ल्याउनैपर्ने प्रावधान राखेको छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यस्तै व्यवस्थापन र मानविकी संकायमा पनि विद्यार्थीले पढ्न चाहेको विषयमा सी वा सी प्लस ल्याएकै हुनुपर्ने ब्यवस्था छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">शिक्षा मन्त्रालयले कम ग्रेड ल्याएर उच्च शिक्षा पढ्न नपाएका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिक परिषद्अन्तर्गतको १८ महिने टेक्निकल विषयहरु पढ्न पाउने भनि ढोका त खुलाएको छ तर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्मा २४ हजार विद्यार्थी मात्र पढ्न पाउने गरी कोटा निर्धारण गरिएको छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">जसका कारण विगत वर्ष जस्तै यो बर्ष पनि लाखै विद्यार्थीले पढ्न नपाउने अवस्था छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">गत वर्ष पनि कोटा नभएका कारण कम जिपीए ल्याएका ६५ प्रतिशत विद्यार्थीले पढ्न नपाएको सिटिईभिटीका सदस्य सचिव पुष्परमण वाग्लेले बताए ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">कति विद्यार्थी पढ्न आउँछन् भन्ने हेरेर मात्र कोटा विस्तार गर्दै लैजाने योजना रहेको वताएको सिटिईभिटीले यस वर्ष एसईईको नतिजा सार्वजनिक भईसक्दा पनि कोटा विस्तार गर्न नसकेको स्विकार गरेको छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">सिटीईभिटीका सदस्य सचिव वाग्ले यस वर्ष कोटा विस्तार गरेर विद्यार्थीलाई पढ्न पाउने व्यवस्था मिलाइने बतायउँछन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">डि र इ ग्रेड ल्याएका विद्यार्थीले सिटिईभीटीअन्तर्गतको ४५ वटा विषय छनोट गरी पढ्न पाउँछन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">यस्तै डि र इ गे्रड ल्याएर टेक्निकल एसईई पढ्ने कोटामा नै नपरेका विद्यार्थीले सिटीभिटीले दिने १ सय ५५ विषयमा शीप सिक्न पाउँछन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">उनीहरुले तीन महिने तालिम लिएर पनि आफ्नो भविष्य उज्वल बनाउन सक्ने आधार पनि छन् ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">त्यस्तै सिटिइभिटीले यस वर्षदेखि दलित, पिछडिएका र लोपोन्मुख जातीका २ सय ८० जना विद्यार्थीलाई आफूले चाहेको विषयमा १ वर्ष निःशुल्क तालिम दिने व्यवस्था पनि सुरु गर्न लागेको जनाएको छ ।
<p style="text-align: justify; margin-top: 0.6em; line-height: 1.6; font-size: 1.2em; color: rgb(26, 26, 26); font-family: "Noto Sans", sans-serif;">कम ग्रेड ल्याएर पढ्न नपाउने अवस्थामा पुगेकाहरुको सही व्यवस्थापन हुन नसक्दा धेरै विद्यार्थीले उच्च शिक्षाबाट बञ्चित हुनुपर्ने अवस्था सिर्जना भएको छ । यसले धेरै विद्यार्थीको भविष्यसमेत अन्योलमा परेको छ ।
23.49¡ÆC