गर्मी छल्दै पर्यटक

असार ५, २०७४ मा प्रकाशित | 1106 views

पोखरा।  भूकम्प र नाकाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन क्षेत्रमा भारतीय पाहुनाको आगमनले केही चहलपहल बढाएको छ ।  भारतीय कारण पोखराको पर्यटन व्यवसायले राहतको महसुस गरेको छ ।

पोखरामा यतिबेला नेपालसँग सीमा जोडिएका भारतीय सहरका पर्यटक आएको पर्यटन व्यवसायी हरि शर्माले बताउनुभयो ।  पोखरामा यो बेला भित्रिने अधिकांश भारतीय पाहुना परिवार र साथीभाइसहितका पोखरामा रमाइरहेका छन् ।  व्यवसायीका अनुसार केही वर्षअघिसम्म यो बेला भारतीय धार्मिक पर्यटक बढी हुन्थे तर अहिले  परिवारसहित वा साथीभाइको समूह बनाएर आउने धेरै छन् ।

पर्यटन व्यवसायी  सोम थापाका अनुसार पोखराको पर्यटन क्षेत्रमा भारतीयको हिस्सा करिब ४० प्रतिशत रहेको छ ।  पोखरा आउने अधिक भारतीय पाहुना मुक्तिनाथ दर्शन गर्न जान्छन् तर अहिले आउने पाहुनामध्ये अधिक गर्मी छल्न आएका हुन् ।

धार्मिक पर्यटकमध्ये धेरैजसो पशुपतिनाथको दर्शन गर्नसमेत काठमाडौँ जाने गरेको व्यवसायी  गणेश थापा बताउनुभयो ।

सुनौलीबाट बुटवल, पाल्पा, स्याङ्जा हुँदै भारतीय पर्यटक पोखरा भित्रिन्छन् ।  मुग्लिन–नारायणगढ सडक दिउँसोको समयमा बन्द हुने भएपछि भारतीय बुटवलबाट पाल्पा हुँदै सीधै पोखरा आएर घुमेर फर्किने गरेको उहाँले बताउनुभयो ।

पश्चिमाञ्चल होटल सङ्घले भारतीय पर्यटकलाई नेपाल भित्र्याउनकै लागि विगत चार वर्षदेखि लगातार भारतका विभिन्न सहरमा ‘चलिए पोखरा’ सञ्चालन गर्दै आएको छ ।  त्यसको सकारात्मक परिणाम अहिले देखिन थालेको पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनको भनाइ छ ।

भारतीय पर्यटकको बसाइ अवधि पनि अन्य पर्यटकको भन्दा धेरै हुने गरेको उहाँले बताउनुभयो ।   पोखरामा हाल सानाठूला गरी करिब करिब छ सय होटल छन् ।  ती होटलमा करिब २० हजार बेड रहेको व्यवसायीको भनाइ छ ।  पोखराको पर्यटन क्षेत्रमा निजी क्षेत्रको क्षेत्रमा मात्र करिब एक अर्ब रुपियाँभन्दा बढी लगानी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web