साउन १९ देखि एसईई पूरक परीक्षा

असार ३, २०७४ मा प्रकाशित | 1190 views

साउन १९ देखि एसईई पूरक परीक्षा

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले २०७३ सालको एसईई पूरक (ग्रेडवृद्धि) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

नियमित तथा एक्जेम्टेड समूहबाट परीक्षामा सम्मिलित भएर सी, डी प्लस र इ ग्रेड ल्याएका परीक्षार्थीलाई ग्रेडवृद्धिका लागि परीक्षा नियन्त्रण कार्यालयले साउन १९ गतेदेखि पूरक परीक्षा सुरु गर्न लागेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले सम्बन्धित विद्यालयमार्फत जिल्ला शिक्षा कार्यालयमा साउन १० गतेभित्र आवेदन दिन आग्रह गरेको छ । परीक्षा साउन २६ गतेसम्म सञ्चालन हुनेछ ।

एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको थियो । परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न भएकामा नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना सफल भएका छन् । एक्जाम्टेडतर्फ भने १६ हजार ५७२ जना सफल भएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web