पाल्पा बगनासकाली गाउँपालिकामा काँग्रेस र माओवादीबीच चुनावी तालमेल

असार ३, २०७४ मा प्रकाशित | 930 views

पाल्पा ।

असार १४ मा हुने स्थानीय तहको दोस्रो निर्वाचनका लागि पाल्पाको बगनाशकाली गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी बीच चुनावी तालमेल भएको छ ।

शुक्रबार दुई पार्टीले संयुक्त रुपमा तानसेनमा पत्रकार सम्मेलनको आयोजनागरी निर्वाचनमा सहकार्य गर्ने निर्णय भएको जानकारी गराएका हुन् ।

सहमती अनुसार बगनाशकाली गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णप्रसाद बस्याल र उपाध्यक्ष पदमा माओवादी केन्द्रका कृष्ण भुसाललाई उम्मेदवार बनाउने निर्णय भएको निर्वाचन परिचालन समितिका संयोजक यमलाल तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँका  अनुसार गाउँपालिको दलित महिला सदस्य र महिला सदस्यमा माओवादी केन्द्रलाई काँग्रेसले समर्थन गर्ने गरी सहमति भएको हो । वडाहरुमा भने शनिबारसम्ममा स्थानीय स्तरबाट पहल गरी उम्मेदवार टुङ्गो लगाउने माओवादी केन्द्र बगनासकालीका संयोजक मथुरा ढकालले बातउनुभयो ।

जिल्लाको निस्दी गाउँपालिकाबाट सुरु भएको दुई पार्टीबीचको चुनावी तालमेल अन्य नगर तथा वडामा समेत जारी राख्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web