ओलीको व्यङ्ग्य प्रचण्डलाई , काली कुत्ती अति उत्तम !

असार २, २०७४ मा प्रकाशित | 853 views

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई सरकारले आफू अनुकूल प्रयोग गरेको आरोप लगाएका छन् ।

पार्टीको कानुन विभागले आयोजना गरेको कार्यक्रममा पार्टी निकट कानुन व्यवसायीलाई सम्बोधन गर्दै ओलीले भरतपुर घटनामा सरकारले हस्तक्षेप गरेको आरोप लगाएका हुन् ।

एमालेबाट उजुरी दिएका घटनाको सुनुवाइमा आलटाल भएको तर सत्तापक्षले आफू अनुकुल निर्णय गराएको उनको आक्रोश थियो । भरतपुर घटनामा मतपत्र च्यातिएकाे र पुनः मतदानको निर्णयबारे  तत्कालिन प्रधानमन्त्री प्रचण्डलाइ सँकेत गर्दै ओलीले यस्तो टुक्का पनि सुनाए:

एउटा मान्छेले राजालाई उजुरी गर्यो, गाउँमा कसैले कुकुर काटेर खायो । राजाले भने यो हुनै सक्दैन, त्यसलाई कठोर दण्ड दिनु । त्यतिकैमा अर्कोले आएर सुनायो, कुुकुर काट्ने त मौसुफकै नातेदार, बंशज भित्रैका भाइ छाेरा पर्ने रहेछन् नि !

भनेपछि राजा अलमल परेर सोधे ,कस्तो रङको कुकुर काटेर खाएको हो ? उसले भन्यो, काटेर खाएको त कालो कुकुर हो । त्यसपछि एकजना महान्यायाधीवक्ता बोलाइयो यसमा के हुन्छ  ? भनेर सोधियो । अनि महान्यायाधीवक्ताले पात्रो पल्टाएर भने ‘काली कुत्ती अति उत्तम’ अर्थात, कालो कुकुर काटेर खाएको भए ठिक छ ।

अाेलीले अदालतलाइ अन्याय पर्दा नबोलेको भन्दै बारको आलोचना पनि गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web