आन्दोलनलाई निरन्तरता दिने राजपाको निर्णय : सरकारको प्रयास असफल

असार २, २०७४ मा प्रकाशित | 1191 views

काठमाडौं । सरकारले राजपालाई चुनावमा सहभागि गराउनका लागि निर्वाचनको मिति र उम्मेदवारको मनोनयन गर्ने मिति सारेपनि राजपा सहभागि नहुने भएको छ । सरकारकाे अाग्रहमा निर्वाचन अायोगले आजका लागि तय गरिएको मनोनयनको मिति दुई दिन पछि सारेको थियो भने सरकारले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको थियो ।

तर जसका लागि भनेर मिति सारिएको थियो त्यही पक्ष चुनावमा सहभागि नहुने भन्दै आन्दोलनलाई नै निरन्तरता दिने निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले औपचारिक रुपमै आन्दोलनलाई निरन्तरता दिने र चुनावमा सहभागि नहुने निर्णय गरेको हो ।

विजुली बजारमा बसेको अध्यक्ष मण्डलको बैठकले दाेस्राे चरणकाे चुनावमा भाग नलिन र यसअघि घोषित आन्दोलनका कार्यक्रमलाई नै निरन्तरता दिने निर्णय गरेको राजपाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web