काठमाडौं ।

भूकम्प प्रभावित जिल्लामा जोखिमयुक्त भनी पहिचान भएका बस्तीमा आगामी आर्थिक वर्षदेखि पूर्वाधार निर्माणसम्बन्धी कार्यक्रम नलैजाने सहमति भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, खानी तथा भूगर्भ, भू तथा जलाधार संरक्षण, जलउत्पन्न प्रकोप नियन्त्रण, सडक र सिँचाइ विभागका प्रतिनिधिबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।

त्यस्ता जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सार्ने प्रक्रिया सुरु भएसँगै अब ती स्थानमा नयाँ पूर्वाधार निर्माण नगर्ने सहमति भएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिनुभयो ।

17.42¡ÆC