सिरहा ।

सिरहाको लहान नगरपलिका-१२ स्थित लोकमार्गमा बिग्रीएर रोकी राखेको स १ त १९५९ नम्बरको ट्याक्टरमा विहीबार मोटरसाइकल ठोक्किदा एक जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

राती १० बजेतिर वा ३६ प ४८९५ नम्बरको मोटरसाइकल उक्त ट्याक्टरमा पछाडीबाट ठोक्किएको थियो।दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २२ बर्षिय सञ्जित साहको फ्रेण्डस मोडल अस्पताल लहानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको छ। पछाडी सवार २० बर्षिय देवकुमार ठाकुर र १९ बर्षिय वालकृष्ण चौधरीलाई उपचारकोलागी न्युरो अस्पताल विराटनगर पठाईएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।

16.23¡ÆC