काठमाडौं ।

चालूू आर्थिक वर्ष २०७३/७४ को पहिलो १० महिनाको अवधिमा मुलुकको व्यापार घाटा ३५।४ प्रतिशतले बढेर ७४६ अर्ब १८ करोड रुपियाँ पुगेको छ ।

मुलुकको समग्र निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा भएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा उच्च दरले बढेको हो ।

समीक्षा अवधिमा मुलुुकको कुल निकासी ७.७ प्रतिशतले वृद्धि भई ६१ अर्ब ७ करोड रुपियाँमा मात्र सीमित भएको छ भने कूूल पैठारी ३२.८ प्रतिशतले बढेर ८०७ अर्ब २५ करोड रुपियाँ पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, चालू आर्थिक वर्षको यस अवधिमा भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको छ ।

यसैगरी चीनबाट प्रमुख रुपमा दुरसञ्चारका सामग्री, विद्युतीय उपकरण, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मल आयात भएको केन्द्रले जनाएको छ ।

निर्याततर्फ भने चालू आर्थिक वर्षको यस अवधिमा भारततर्फ अलैंची, जुस, कपडा, धागो, चिया, फलाम तथा स्टीलका उत्पादन, जुत्ता, जुटका बोरा तथा झोला एवम् पिना प्रमुख रुपमा निर्यात भएको छ ।

यसैगरी अमेरिका, जर्मनी र बेलायततर्फ ऊनी गलैंचा, तयारी पोशाक, पश्मिना, हस्तकलाका सामान, काजगका उत्पादन र सुतीका झोला लगायतका मालवस्तुहरु प्रमुख रुपमा निर्यात भएको जानकारी केन्द्रले दिएको छ ।

15.25¡ÆC