शेरबहादुर ! सरकारद्धारा दुइ नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय, १, ५ र ७ मा १४ गते नै

असार १, २०७४ मा प्रकाशित | 1173 views

काठमाडौं ।  सरकारले स्थानिय तहको निर्वाचन तेस्रो पटक सार्ने निर्णय गरेको छ । प्रमूख तीन दलको बैठकपछि सरकारले २ नम्वर प्रदेशमा स्थानिय तहको निर्वाचन पछि गर्ने निर्णय गरेको हो ।

दोस्रो तहको निर्वाचन दुई नम्बर प्रदेशमा स्थगित गर्ने निर्णय गरेपनि सरकारले कहिले गर्ने भन्ने कुनै निर्णय गर्न सकेको छैन ।

सिंहदरवारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस, एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुले दुई नम्बर प्रदेशमा अवस्था सामान्य नरहेको बहाना बनाएर चिर्वाचन स्थगित गर्ने निर्णय गरेका हुन् ।

तराई केन्द्रित राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग नलिने घुर्की देखाइरहँदा चुनाव सार्न बहाना बनाई रहेको सरकारलाई नेकपा एमालेले पनि साथ दिएको हो ।

निर्वाचन बिथोल्ने गरी राजपाले हिंसात्मक संघर्ष गर्न थालेपछि उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन बिहिबार दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय गरिएको छ ।

बैठकमा सहभागी गृहमन्त्री जनार्दन शर्मा प्रभाकरका अनुसार दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशको निर्वाचन असार १४ गते नै हुनेछ ।

दुई नम्बर प्रदेशको निर्वाचन सार्ने राजनीतिक दलहरुको निर्णयका बारेमा सरकार र निर्वाचन आयोग वीच अपरान्ह ३ बजे बैठक हुँदैछ । दुई नम्वर प्रदेशको चुनाव स्थगित भएपनि १, ५ र ७ नम्वरको स्थानिय निर्वाचन भने असार १४ गते नै हुने भएको छ ।

यसअघि आजै भएको बैठकमा निर्वाचन आयोगले सरकारद्धार १४ गते हुने स्थानिय तह निर्वाचन सार्न आग्रह गरेपनि अस्विकार गरेको थियो ।

यसैबिच स्थगित गरिएको प्रदेश २ को चुनाव असोज २ गते गर्ने तयारी सरकारले गरेको बुझिएको छ ।

प्रधानमन्त्री निकट सहयोगीहरुका अनुसार शिर्ष दलको बैठकमा हाललाई स्थगित गरिएको प्रदेश नम्वर २ को निर्वाचन असोज २ गते गर्नेबारे छलफल भएको थियो । अनौपचारिक रुपमा सहमती गरेका नेताहरुले यसबारे राजपा नेताहरुसँग बसेर निर्णय गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web