आयोगको असल अडान । चुनाव सार्ने प्रधानमन्त्री देउवाको प्रस्ताव, ‘दुर्घटना’ हुने चेतावनी

असार १, २०७४ मा प्रकाशित | 953 views

काठमाडौं ।

बैशाख ३१ गतेको निर्वाचन सारेर असार १ ९ हुँदै १४ गते पुर्याएको सरकारले फेरी चुनाव सार्न खोजेपछि निर्वाचन आयोगले त्यसलाई अस्विकार गरिदिएको छ ।

प्रधानमन्त्रीको शपथ खाएकै दिन असार १४ गते कुनैपनि हालतमा दोस्रो चरणको निर्वाचन हुने बताएका प्रधानमन्त्री शेरबहादुर देउवाले नै चुनाव सार्न प्रस्ताव गरेपनि आयोगले फेरी निर्वाचन मिति सारे दुर्घटना हुने भन्दै अस्विकार गरेको हो ।

तराईका जिल्लामा चुनाव सारे  ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने चेतावनी दिंदै निर्वाचन आयोगका प्रमुख अयोधिप्रसाद उपाध्याय सहित आयोगका पदाधिकारीहरुले अब चुनाव सार्न नसकिने बताएका हुन् ।

राष्ट्रिय जनता पार्टीसँग वार्ता गर्नु अघि सत्तारुढ दलका शीर्ष नेताहरुले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफलमा आयोग पदाधिकारीहरुले सत्ताघटकका नेताहरुको आग्रहलाई अस्विकार गरिदिएका हुन् ।

"प्रदेश सभा र संसदको चुनाव गर्नु पर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राखेर अब चुनाव सार्नु भनेको ‘पोलिटिकल इलेक्ट्रोरल डिजास्टर’ हुने" चेतावनी दिएको बैठकपछि बाहिरिएका कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले-'गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाउँछु भनेकाले कुनै समस्या नहुने' भन्दै 'निर्वाचन जहिलेपनि चुनौतिपूर्ण हुने भएकाले चुनाव सारिरहन नहुने' बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web