काठमाडौँ । दोलखामा आज साँझ भूकम्प गएको छ। साँझ ५ बजेर ३९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दसमलव १ रेक्टरको भूकम्प गएको हो।

सो भूकम्प गोरखा महाभूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

झन्डै दुई महिना लामो अवधिपछि पुनःअर्को परकम्प गएको हो। यसअघि चैत १० गते सिन्धुपाल्चोक केन्द्रविन्दु भई ४.२ रिक्टर स्केलको परकम्प गएको थियो।

केन्द्रका अनुसार २०७२ वैशाख १२ गतेको (गोरखा ७.६) भूकम्पपछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४८२ परकम्प गएका छन्।

17.43¡ÆC