काठमाडौं । दोस्रो चरणमा १० वटा उपमहानगरपालिकामा चुनावी भिडन्त हुँदैछ । बिराटनगर र वीरगञ्ज दुईवटा महानगरपालिकापछि यी १० वटा उपमहानगरपालिकाहरु चर्चाका क्षेत्र हुन् ।

पहिलो चरणमा चारवटा महानगरपालिका र एउटा उपमहानगरपालिका चर्चाको शिखरमा थिए । तीमध्ये एउटा महानगरपालिका (ललितपुर) मा कांग्रेसले जित्यो भने एमालेले दुईवटा महानगरपालिका र एउटा उपमहानगरपालिकामा झण्डा गाड्न सफल भयो ।

पहिलो चरणमा सम्पन्न चुनावमा एमालेले हेटौडा उपमहानगरपालिका, काठमाडौं महानगरपालिका र पोखरा महानगरपालिकामा जित हात पार्यो ।

पहिलो चरणमा चुनाव सम्पन्न भएको भरतपुर महानगरपालिकामा भने विवादका कारण अहिलेसम्म नतिजा आएको छैन । त्यहाँ पुन मतगणना गर्ने कि पुनः मतदानमा जाने भन्ने विवाद सर्वोच्च अदालतमा विचाराधीन छ ।

दोस्रो चरणमा असार १४ गते बिराटनगर र वीरगञ्ज दुईवटा महानगरपाकिलामासमेत चुनाव हुँदैछ । यी दुबै महानगर आफूले कब्जा गर्ने कांग्रेसको रणनीति छ भने एमालेले पनि त्यहाँ आफूले जित्ने गरी तयारी अगाडि बढाएको छ ।

बिराटनगर र वीरगञ्ज दुबै महानगरपालिकाहरु मधेसी सेन्टिमेन्टसँग जोडिएका स्थान भएकाले मधेसी दलले पनि त्यहाँ जित हात पार्न कोशिश गर्नु अस्वाभाविक छैन ।

दुईवटा महानगरपालिकापछि १० उपमहानगरपालिकामा सबैको ध्यान गएको छ । १० मध्ये बहुमत उपमहानगरपालिका जित्ने एमालेको रणनीति छ भने कांग्रेसले पनि १० वटामा आफूले बढी जित्ने रणनीति बनाएको देखिन्छ ।

तर, १० मध्ये केही उपमहानगरपालिकामा भने मधेसी दल, माओवादी र स्वतन्त्रसमेतको दाबी रहेको छ ।

यहाँ हामीले दुई महानगरपालिका बाहेक १० वटा उप महानगरपालिकाका भावी मेयरहरु के कस्ता छन् भन्नेबारेमा परिचयात्मक चर्चा गर्ने प्रयास गरेका छौं:

१. धरान उपमहानगरः ‘हेबी वेट’ उम्मेदवार भएनन्

धरान उपमहानगरपालिकामा प्रमुख राजनीतिक दलहरुले उम्मदेवारको टुंगो लगाइसकेका छन् । केही दलहरुवीच तालमेलको चर्चा चलिरहेको छ ।

नेपाली कांग्रेसले धरान नगरपालिकाको मेयरमा तिलक राईलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । एमालेका तर्फबाट तारा सुब्बाले मेयरको टिकट पाएका छन् । त्यसैगरी माओवादी केन्द्रले अइन्द्रविक्रम बेघालाई मेयरको उम्मेदवार बनाएको छ ।

संघीय समाजवादी पार्टीको पनि धरानमा सामान्य प्रधाव छ । तर, उसले मेयरमा उम्मदेवारी घोषणा गरेको छैन । मेयरका लागि उसले कांग्रेस र माओवादीसँग तालमेल गर्न खोजिरहेको छ ।

धरान उपमहानगरपालिकामा उपमेयरका लागि खडा भएका प्रतिस्पर्धीहरुमा नेपाली कांग्रेसबाट श्यामा रेग्मी, एमालेबाट मञ्जु भण्डारी र माओवादीबाट गंगा बराल छन् । त्यसैगरी संघीय समाजवादीले पारस राईलाई उम्मदेवार बनाएको छ ।

धरानमा नयाँशक्ति पार्टीले चुनावी तयारी गर्न सकिरहेको छैन । त्यसैगरी साझा पार्टी र विवेकशील पार्टीले उम्मदेवारमा उम्मेदवार उठाए पनि धरानमा गतिविधि गरेको पाइएको छैन ।

प्रमुख दलहरुले उम्मेदवार घोषणा गरिसक्दा पनि धरानको वौद्धिक समुदायले भने ‘हेबी वेट’ वाला उम्मेदवार नभएको भन्दै भित्रभित्रै असन्तोष व्यक्त गरिरहेको पाइएको छ ।

विगतमा नगरपालिकामात्रै हुँदा र स्थानीय तहको अधिकार कम भएका बेलामा पनि कृष्णकुमार राई, बम देवान, ध्यानबहादुर राई र मनोज मेन्याङ्बोजस्ता प्रखर मेयरहरु जन्माएको धरानले उपमहानगरपालिकाको ओज अनुसारको मेयर जन्माउन सक्नुपर्ने यहाँको वौद्धिक समुदायको माग छ । तर, दलहरुले उनीहरुको माग खासै सम्बोधन हुने गरी उम्मदेवार दिन सकेका छैनन् ।

२. इटहरी उपमहानगरः पुराना पार्टीदेखि साझा पार्टी र नयाँ शक्तिसम्म

धरान उपमहानगरपालिकाको तुलनामा इटहरी उपमहानगरपालिकामा मेयरका प्रत्यासीहरु अलि बढी छन् ।

इटहरीमा नेकपा एमालेका तर्फबाट द्वारिकलाल चौधरी मेयरको उम्मदेवार बनेका छन् । कांग्रेसले रोहित प्रसाईलाई मेयरको टिकट दिएको छ । त्यसैगरी माओवादीले हरीमाया जिमीलाई मेयरमा उठाएको छ ।

इटहरी उपमहानगरपालिकाको मेयरमा राप्रपाबाट रोहितबहादुर कार्कीले टिकट पाएका छन् । इटहरी उपमहानगरपालिकामा राप्रपाको पनि सामान्य प्रभाव रहेको छ ।

रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीले पनि इटहरीमा उम्मेदवारी दिएको छ । उसले मेयरमा डा. तारा काफ्लेलाई उठाएको छ ।

इटहरी उपमहानगरपालिका डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पनि गतिविधि भएको ठाउँ हो । नयाँ शक्ति पार्टीले आफूले उपमेयर लिएर मेयरमा संघीय समाजवादी फोरमसँग तालमेल गरेको छ । नयाँशक्ति र संघीय फोरमबाट देवीप्रसाद खनाल संयुक्त उम्मेदवार बनेका छन् ।

इटहरी उपमहानगरपालिका मधेसी दलहरुको पनि प्रभाव रहेको क्षेत्र हो थारुहरुको बाक्लो उपस्थिति रहेको यो उपमहानगरमा विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमको समेत जनमत छ । तर, उसले उम्मदेवार तय गरिसकेको छैन ।

३. जनकपुर उपमहानगरः अहिलेसम्म सुनसान

जनकपुर उपमहानगरपालिकाका लागि कुनै पनि दलले उम्मेदवारको टुंगो लगाएका छैनन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसहितका धेरै दलहरु एकअर्कालाई पर्खिरहेका छन् । कांग्रेसको स्थानीय तरमा नाम टुंगो लगाएको छैन र मेयर र उपमेयरको टिकटका दाबेदारहरुको नाम केन्द्रमा पठाउने तयारी छ ।

एमालेले पनि नाम टुंगो लगाएको छैन । एमालेका तीन केन्द्रीय नेता रघुवीर महासेठ, श्रीप्रसाद साह र शत्रुघन महतोको आ-आफ्नै सूची छ । माओवादी केन्द्रले पनि अझैसम्म मेयर र उपमेयरको टुंगो लगाउन सकेको छैन ।

जनकपुरमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र नयाँ शक्तिले पनि उम्मेदवारहरुको टुंगो लगाउन सकेको छैन ।

राष्ट्रिय जनता पार्टी नेपालले चुनाव बहिस्कार गरेकाले पनि चुनाव हुने वा नहुने अन्योल जनकपुरबासीहरुमा देखिएको छ ।

सामान्यतः उम्मेदवारहरुको चर्चा चले पनि दुई नम्बर प्रदेशको सांस्कृतिक केन्द्र जनकपुर अहिलेसम्म चकमन्न अवस्थामा छ भन्दा पनि फरक पर्दैन । तथापि अबको दुई दिनभित्र प्रमुख दलहरुले उम्मदेवार घोषणा गर्ने अनुमान गरिएको छ ।

४. जितपुरसिमरा उपमहानगरः पूर्वसांसददेखि पीएचडी होल्डरसम्म

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाको चुनाव निकै रोचक हुने देखिएको छ । यहाँको मेयरका लागि राष्ट्रिय चर्चामा रहेका उम्मदेवारहरु मैदानमा देखा परेकाले चुनाव रोचक हुने सम्भावना बढेको हो ।

जितपुर सिमरा उपमहानगरपालिकामा नेपाली कांगे्रसबाट पूर्वसांसद शोभाकर पराजुली मेयरमा उठ्ने चर्चा छ । त्यसैगरी व्यवसायी ओमकृष्ण कार्कीको पनि चर्चा छ ।

पूर्वसांसद पराजुली कांग्रेसको संसदीय दलको सचेतक भइसकेका नेता हुन् । उनी सादगी नेताका रुपमा परिचित छन् । पराजुली कांग्रेसका ‘हेबिवेट’ उम्मेदवार हुन् ।

त्यस्तै कांग्रेसका महासमति सदस्य कृष्णव्रत सिंह, नगर सभापति श्यामबाबु गुप्ताले पनि मेयरमा दाबी गरेका छन् । पार्टीले कसलाई टिकट दिने भन्ने टुंगो लगाइसकेको छैन ।

जितपुर सिमरा उपमहानगरपालिकामा एमालेबाट एक दर्जन आकांक्षी देखिए पनि युवा नेता डा. कृष्ण पौडेल, जिल्ला उपाध्यक्ष देवनारायण चौधरी, प्रदेश कमिटी सदस्य भरत खडका र जिल्ला प्रचार प्रमुख मनोज पौडेलको नाम जिल्लाले प्रदेश कमिटीमा सिफारिस गरेको छ ।

एमालेबाट सामाजिक अभियन्ता समेत रहेका र सहकारी मार्फत काम गरिरहेका डा. कृष्ण पौडेल ‘हेबिवेट’का उम्मेदवार हुन् ।

माओवादी केन्द्रबाट मेयरमा केन्द्रीय सदस्य राजन पौडेललाई उम्मेदवार बनाउने लगभग निश्चित देखिएको छ ।

५. कलैया उपमहानगरपालिका

बारा जिल्लाको अर्को उपमहानगरपालिका हो कलैया । यो उपमहानगरमा नेपाली कांग्रेसबाट नगरसभापति जयचन्द चौरसियासहित एक दर्जन नेता कार्यकर्ता मयेरका आकांक्षी देखिएका छन् ।

क्षेत्रिय सभापति फुलमहमद मन्सुर, पूर्वपार्टी सचिव तेजनारायण साह, ३ नं. क्षेत्रका क्षेत्रीय सचिब सञ्जय गुप्तासमेत कांग्रेसबाट मेयरका आकांक्षी रहेका तरुण दल बाराका अध्यक्ष लोकेश सिंहले बताए ।

कलैयामा एमालेबाट प्रदेश कमिटी सदस्य विनोद साहको नाम चर्चामा छ । केही समय पहिला पार्टीले मधेसका कार्यकर्ताका भावना नबुझेको भन्दै पार्टी त्याग गरेको घोषणा समेत गरेका साहलाई एमालेले मेयरको टिकट दिएर सन्तुष्ट पार्ने सम्भावना रहेको स्थानीय नेताहरु बताउँछन् ।

युवा व्यवसायीको रुपमा परिचित साह उद्योग बाणिज्य संघ बाराका अध्यक्ष समेत हुन । उनी गत संविधानसभा चुनावमा कांग्रेसका फरमूल्लाह मन्सुरसँग पराजित भएका थिए ।

कलैयाको मेयरका लागि नेकपा एमालेका जिल्ला सचिव एमसमिउल्ला, युवा संघका केन्द्रीय सदस्य ध्रुव यादव र सुरेश मोदकको नाम प्रदेश कमिटीमा सिफारिस भएको छ ।

मधेसी समुदायको उल्लेख्य बसोबास रहेको कलैयामा आफ्नो पकड रहेको दाबी गर्ने संघीय समाजबादी फोरमबाट केन्द्रीय सदस्य प्रकाश चौगाई, जिल्ला अध्यक्ष रामबाबु कुमार यादव, ३ नं.क्षेत्रका क्षेत्रीय इञ्चार्ज शिवनाथ पटेल र नगर अध्यक्ष विनोद बरैको नाम मेयरका लागि केन्द्रमा सिफारिस भएको छ ।

उमेदवारको नाम सिफारिस गर्न बसेको बैठकमा सहभागीले पूर्व सांसद प्रमोद गुप्ताको नाम समेत प्रस्ताव गरेका थिए । तर गुप्ताले सर्वसम्मति भएमात्रै आफू चुनावी मैदानमा जाने बताएपछि ४ जनाको मात्रै केन्द्रमा पठाइएको फोरमका एक नेताले जानकारी दिए ।

माओवादी केन्द्रबाट कलैया उपमहानगरमा केन्द्रीय सदस्यहरु धुरी साह, उमेश यादव र मुकेश साह तीनजना मध्येबाट एकलाई अघि सार्न सहमतिको प्रयास भैरहेको माओवादी नेतृ एवं पूर्वसांसद ज्वाला साहले जानकारी दिइन् ।

६. बुटवल उपमहानगरः एमाले भर्सेस अन्य पार्टी !

पाँच नम्बर प्रदेश हेरफेर गर्नेगरी प्रस्ताव गरिएको संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलित बनेको बुटवल उपमहानगरपालिका ठूला दलहरुका लागि प्रतिष्ठाको विषय बनेको छ ।

प्रदेश हेरफेर विरुद्धको आन्दोलनको अगुवाइ गरेको एमालेले बुटवलमा आक्रामक चुनावी अभियान चलाइरहेको छ । तर, अन्य दलहरु एमालेविरुद्ध मोर्चाबन्दीको प्रयासमा भएकाले यहाँको चुनाव एमालेका लागि चुनौतीपूर्ण बन्न सक्ने अवस्था छ ।

बुटवल उपमहानगरपालिकाको चुनावमा मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हुन् । ०४९ मा कांग्रेसले जितेको बुटवल नगरपालिकामा ०५४ मा एमालेले जितेको थियो । यहाँ माओवादीले उम्मेदवार तोकेको छैन । माओवादीले कांग्रेससँग तालमेल गरेको छ ।

नेकपा एमालेले बुटवल उपमहानगरको मेयरमा पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदी र उपमेयरमा गोमा आचार्यलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसले माओवादीसँग तालमेल गरेका छन् । मेयरमा कांग्रेसका खेलराज पाण्डेय र उपमेयरमा माओवादीबाट जगत पोखरेल उम्मेदवार बनेका छन् । कांग्रेस उम्मेदवार पाण्डे पार्टीका उपमहानगर सभापति हुन् । उपमेयरका उम्मेदवार पोखरेल जेसिसका अध्यक्ष एवं व्यवसायी पनि हुन् ।

उता नयाँ शक्ति र संघीय समाजवादी फोरम लगायतका सात साना दल र स्वतन्त्र समूहको तर्फबाट होमबहादुर गलामी स्वतन्त्र उम्मेदवार बनेका छन् । उनलाई पहिचानवादी समूहको साझा उम्मेदवार मानिएको छ ।

७. घोराही उपमहानगरपालिकाः प्रतिस्पर्धामा वैद्यकी बुहारीसमेत !

पाँच नम्बर प्रदेशको सम्भावित राजधानी दाङमा दुईवटा उपमहानगरपालिका छन् ।

जिल्लामा सबैभन्दा धेरै मतदाता रहेको घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेले नरुलाल चौधरीलाई उम्मेदवार बनाएको छ ।

कांग्रेसबाट घोराहीको प्रमुखमा भूपबहादुर डाँगी, कमल किशोर घिमिरे र बीरकेशरी गौतमले दाबी गरेका छन् । तर, उम्मेदवार टुंगो लागिसकेको छैन ।

यसैगरी माओवादी केन्द्रले घोराहीमा जीवन गौतमलाई मेयरको उम्मेदवार बनाएको छ । २०४३ सालमा विद्यार्थी अखिलको सदस्यता लिएर राजनीतिक यात्रा थालनी गरेका गौतम दाङ माओवादी केन्द्रका इञ्चार्जसमेत हुन् ।

घोराहीको मेयरमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट देशभक्त गणतान्त्रिक मोर्चाको तर्फबाट सुशीला आचार्य उम्मेदवार बनेकी छन् । नेपाल पत्रकार महासंघकी केन्द्रीय पार्षद आचार्य मोहन वैद्यकी भाइबुहारी हुन् ।

एमालेले घोराहीको उपमेयरमा सीता न्यौपानेलाई अघि सारेको छ भने माओवादीले सीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाएको छ । वैद्य माओवादीले उपमेयरमा तिलक विकलाई चुनावी मैदानमा उतारेको छ ।

घोराही उपमहानगरपालिकामा जनमोर्चाले मेयरमा रामबहादुर जीएम र उपमेयरमा कमला विकलाई उम्मेदवार बनाएको छ ।

यसैगरी मालेबाट नेत्रप्रकाश पाण्डे घोराहीको मेयरको उम्मेदवार छन् । उनी माले दाङ जिल्ला इन्चार्ज समेत हुन् ।

घोराही उपमहानगरमा सबैभन्दा बढी ७८ हजार ४१९ मतदाता छन् । ४० हजार ६३७ महिला, ३७ हजार ७८२ पुरुष र एकजना तेस्रो लिङ्गी मतदाता घोराहीमा छन् ।

८. तुलसीपुर उपमहानगरः कांग्रेसमा अझै अलमल

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले घनश्याम पाण्डे र माया आचार्यलाई क्रमशः मेयर र उपमेयरको उम्मेदवार बनाएको छ । पाण्डे तुलसीपुरका पूर्वमेयर हुन् ।

कांग्रेसबाट तुलसीपुरको मेयरमा पूर्व सांसद गेहेन्द्र गिरी, शंकर गिरी, घनश्याम रेग्मी र तेजबहादुर बस्नेत आकांक्षी छन् । घोराहीमा जस्तै तुलसीपुरमा पनि कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

एमाले, माओवादी लगायत दलहरुले उम्मेदवार चयन गरेर भोट माग्दै हिँडिरहे पनि सबैभन्दा ठूलो दल कांग्रेस भने आकांक्षी धेरै भएपछि उम्मेदवार छान्न सकेको छैन ।

माओवादीले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा शेशुराम भण्डारी र उपमेयरमा सीता ओलीलाई उम्मेदवार बनाएको छ । दाङको विजौरी निवासी ओली जनयुद्धमा कम्पनि कमाण्डर थिइन् । स्वेच्छिक अवकाश पछि उनले तुलसीपुरमा डेरी उद्योग सञ्चालन गरेकी छन् ।

नेकपा मालेले पनि तुलसीपुर उपमहानगरपालिकामा आफ्ना उम्मेदवार उठाएको छ । मेयर पदमा शालिकराम चौधरी र उपमेयरमा सरस्वता केसीलाई उम्मेदवार बनाएको नेकपा माले तुलसीपुरले जनाएको छ ।

यसैगरी जनमोर्चाले तुलसीपुरको मेयरमा शुक्रराज भण्डारीलाई र उपमेयरमा कमला जीसीलाई उम्मेदवार बनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा ३९ हजार ३४९ महिला, ३७ हजार ५३१ पुरुष र एकजना तेस्रो लिङ्गी गरी जम्मा ७६ हजार ८८१ मतदाता छन् ।

जिल्लामा सहमति नजुटेपछि कांग्रेस दाङले जिल्लाबाट आकांक्षीहरुको सूची केन्द्रीय कार्यालयमा पठाएको छ । उम्मेदवारहरुको विषयमा छलफल जारी रहेको र अझै टुंगो नलागेको दाङ क्षेत्रनम्बर ३ का कांग्रेस सांसद राजु खनालले जानकारी दिए ।

दाङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट, थरूहट तराई पार्टी, नयाँशक्ति, सदभावना पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस सदभावना पार्टीले पनि चुनावमा भाग लिँदैछन् ।

१०. धनगढी उपमहानगरपालिकाः पुरानालाई स्वतन्त्रको चुनौती

धनगढी उपमहानगरपालिकामा चर्चित उद्यमी गोपाल हमालले स्वतन्त्र रुपमा मेयर पदको उम्मेदवार घोषणा गरका छन् । विकासवादी नेताका रुपमा परिचित हमालले आफु कैलाली उद्योग बाणिज्य संघको अध्यक्ष रहेका बेलामा गरेका विकासका कामका कारण उनी मतदाताको रोजाइमा पर्ने मध्येका व्यक्ति हुन् ।

प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका धनगढीमा मुख्यतः त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था देखिन्छ । अन्यत्र भन्दा यहाँ फरक के देखिएको छ भने त्रिपक्षीय प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार पनि थपिएका छन् र प्रतिस्पर्धा चार पक्षीय बन्दैछ ।

मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले कांग्रेसका नृप वड र एमालेका दुर्गाप्रसाद जोशीलाई कडा टक्कर दिने अनुमान छ ।

कैलालीमा बिगतमा थारु र पहाडी समुदायका बीचमा अखण्ड र थरुहटका आन्दोलनका क्रममा बढेको दूरी र तिक्तता पछिल्लो केही समय घट्दै गएको थियो । तर ठूला दलका जिल्ला नेतृत्वले थारु समुदायलाई उपेक्षा गरेको उम्मेदवारी चयनका क्रममा प्रष्टै देखिएको छ ।

धनगढी उपमहानगरपालिकाको कुल जनसंख्याको ४४ प्रतिशत थारु समुदाय छन् । विगतका स्थानीय तहको निर्बाचनमा मेयरमा नभएपनि उपमेयरमा ठूला पार्टीहरुले राना थारु समुदायलाई उम्मेदवार बनाउने गरेका थियो । तर, यस पटक नेकपा एमाले र कांग्रेसले थारु समुदायलाई बेवास्ता गरेका छन् ।

यद्यपि माओवादी केन्द्रले भने धनगढी उपमहानगरपालिकामा मेयरमा राना समुदायकै राम समझ रानालाई अगाडि सारेको छ । रानाथारुको मत मात्रै माओवादीले तान्न सके उनी जितको नजिक पुग्न सक्ने धेरैको अनुमान छ ।

धनगढीमा माओवादी केन्द्रले शुरुमै उम्मेदवारको टुंगो लगाएका कारण प्रचार-प्रसार गर्न प्रशस्त समय पाएको छ । उसले दोस्रो संविधान सभामा सभासदका उम्मेदवार रहेका राम समझ रानालाई मेयरमा अगाडि सारेको छ ।

कांग्रेसका मेयर उम्मेदवार नृप वड नेपाली कांग्रेसको नगर सभापति एवं नगरविकास समितिको अध्यक्षसमेत रहिसकेका छन् ।

स्थानिय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयरमा टिकट पाएका दुर्गाप्रसाद जोशीपूर्व शिक्षक हुन् ।

27.12¡ÆC