मुगुमा यार्सा संकलन गर्न भएकाको लेख लागेर मृत्यु

जेष्ठ २९, २०७४ मा प्रकाशित | 723 views

मुगु ।

मुगुको पूर्वी भेगको कार्मारोङ गाउँ पालिका वडा नम्बर २ मुगु गाउँका पाटन क्षेत्रमा यार्सा संकलन गर्न गएका एक जना संकलकको लेक लागेर मृत्यु भएको छ ।

यार्सा संकलनका लागि हिमाली पाटन क्षेत्र ठूलो कोईकी भन्ने स्थानमा लेक लागेर विरामी परेका जुम्ला जिल्ला गोठी चौर गाउँपालिका वडा नम्बर ५ कुम्रीका २५ वर्षका गौरीलाल भण्डारीको आईतवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  घटना स्थलमा संचारको सुविधा नहुदा ढिला सुचना प्राप्त भएको हो ।

लेक लागेर विरामी परेका भण्डारीलाई बोकेर ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शारदा प्रसाद चौधरीले जानकारी दिनुभयो ।

मृतक भण्डारीको अहिलेसम्म दाह संस्कार हुन नसकेको प्रहरीको भनाई छ । मृतक भण्डारीका परिवारलाई विहानै खबर पठाई सकेको पनि प्रहरीले जनाएको छ ।

घटना स्थल जिल्ला सदरमुकाम गमगढीबाट ३ दिन पुर्वमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web