बुलेरो दुर्घटनामा १ को मृत्यु ४ को अब्स्था गम्भिर

जेष्ठ २९, २०७४ मा प्रकाशित | 712 views

धनकुटा ।

धनकुटाको उत्तरपानी स्थित यात्रुबाहक बुलेरो जिप दुर्घटना हुंदा एक जनाको मृत्यु भएको छ भने अन्य ४ जना गम्भिर घाईते भएका छन् ।

बेलुकी ५ ः ३० बजे हिलेबाट छिन्ताङ्ग तर्फ जाँदै गरेको को १ ज २०७७ नं.को बुलेरो दुर्घटना हुंदा धनकुटा नगरपालिका ९ मार्गा निवासी ७० बर्षिया तुलाराम बरालको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

अनियन्त्रित भई सडकबाट करिव ४० मिटर तल खेतमा जिप झरेको थियो । १५ जना जना सवार बुलेरो दुर्घटनामा घाईते भएका ११ मध्ये ४ जनाको अबस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

दर्घटनामा परी खाल्सा छिन्ताङ्ग शहिदभुमी वडा नं.५ की ६७ बर्षिया अम मायाँ राई र छिन्ताङ्ग २ का ८५ बर्षिया देउध्वज राईको अबस्था गम्भिर भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै नाम वतन खुल्न नसकेको अन्दाजी २२ बर्षकी एक युवती र ४५ बर्षिकी एक महिलाको पनि गम्भिर घाईते रहेको धनकुटा प्रहरीका प्रहरी उपरीक्षक सुदिपअधिराज भण्डारीले जानकारी दिनुभयो ।

घाईते हुनेहरुमा छिन्ताङ्ग ९ की सुजना राई छिन्ताङ्ग ४ का प्रेम बहादुर राई बिश्व राई, छिन्ताङ्ग ५ की निर्मला राई,हरि प्रसाद राई र डम्बर बहादुर राई, र छिन्ताङ्ग ६ की लक्ष्मी राई रहेका छन् ।

घाईतेहरुको धनकुटा र हिले अस्पतालमा उपचार गरिएको र फरार सवारी चालको खाजिभईरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web