दाङ । नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले मधेसका दुईचार जना जमिन्दारहरुले देशलाई विखण्डन गर्न खोजीरहेको भन्दै निर्वाचनको विरोध गरेर मधेसलाई अलग्याउन खोजेको बताएका छन् ।

दाङको तुलसीपुरमा सोमबार एमाले तुलसीपुर उपमहानगरपालिका निर्वाचन परिचालन कमिटिको चुनावी प्रतिवघता सार्वजनिक कार्यक्रममा ज्ञवालीले भने‘ एमाले रहेसम्म त्यस्ता योजना पुरा हुन सक्दैनन, एमालेले त्यस्तालाई परास्त गरेरै छोड्छ ।’

फरक प्रशंगमा नेता ज्ञवालीले स्थानीय तह, प्रदेश र संघमा एमालेको बहुमत नहुँदासम्म शेरबहादुर देउवाहरुको बोलवाला चलिरहने पनि बताए । भने ‘धरै शेरबहादुरहरुले आफुलाई बनाए तर देश बनाउन सकेनन्, देशको रक्षा गर्ने भनेको एमाले मात्रै हो, त्यसकारण एमालेले जित्नेपर्छ ।’ उपाध्यक्ष ज्ञावलीले थपे–संकृर्ण र संकुचित मानसिकताले देश पछाडि परेको छ अब त्यसरी मुलुक चल्दैन ।’

एक घर एक रोजगारदेखि प्रेमपार्कसम्मको योजना
यसैवीच नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका निर्वाचन परिचालन कमिटी चुनाव प्रचारप्रसार समितिले २४ पृष्ठको प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा एक घर एक रोजगार देखि प्रेम पार्कको समेत योजना समेटिएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार घनश्याम पाण्डेले प्रतिवद्धता पत्र पढेर सुनाए ।

सडक, पक्की पुल, बस्ती विकास र सहरीकरण, सभागृह निर्माण, रंगशाला निर्माण, एक बस्ती एक खेल मैदान, आधुनिक बस टर्मिनल, आधुनिक अटोभिलेज संचालन, सिंचाई, एक बस्ती एक पोखरी, नदी नियन्त्रण तथा तटबन्ध, एक घर एक धारा, शिक्षा, स्वास्थ्य सेवा, कृषि तथा पशुपंक्षीपालन, उद्योग तथा कलकारखाना, एक गाउँ एक उद्यम, खानी, सहकारीको सुदृढीकरण, पर्यटन तथा संस्कृतिको सम्वद्र्धन, खोज र पठन संस्कृतिको विकास, वन तथा वातावरण, विपद व्यवस्थापन लगाएतका योजनाहरु समेटीएका छन् ।

त्यस्तै १९ वडालाई केन्द्रमा राखेर भौतिक पुर्वाधार विकासका योजनालाई महत्वकासाथ अघि सारिएको छ ।
यी हुन् तुलसीपुरमा एमालेका प्रतिवद्धता
– गुणस्तरीय भौतिक पूर्वाधार – समृद्धिको मूल आधार
– जोगाऔं माटोपानी – सुन्दर बन्छ जिन्दगानी
– शिक्षा, स्वास्थ्य, खानेपानी – यीनैले बदल्छन् हाम्रो आनीबानी
– आर्थिक सम्पन्नताको अभिवृद्धि – पुरा हुदै जानेछ समृद्धि
– प्रकृतिको संरक्षण – भावी पुस्ताका लागि आरक्षण
– फोहरलाई मोहरमा बदलौं – सफा स्वच्छ र हरियाली सहर बनाऔं
– मानव स्रोतको उचित विकास – सम्भावनाको खोजी र समस्याको निकास
– व्यवस्थित शबदाह – समाधीस्थल र कव्रिस्तान निर्माण र शव वहान संचालन
– सीमान्तकृत अल्पसंख्यक तथा पछाडि पारिएको समुदायलाई प्राथमिकता
– दाङको परिचय र प्रख्याती – बबई सभ्यताले माथि
– उत्तरदायित्व र पारदर्शिता – संचार संगको सहकार्य अपरिहार्यता
– स्थानीय तहको प्रशासन –जनतलाई सुशासन

26.12¡ÆC